चन्द्र चण्डारीको अनुहार र हातको अप्रेसन गर्नु नपर्ने, अक्सिजनको मात्रा पनि घटाईयो
भारतको मुम्वईमा उपचाररत नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्रकान्त भण्डारीलाई दिईएको कृतिम अक्सिजनको मात्रा घटाईएको छ। फोक्सोले आफै काम गर्न थालेपछि अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको अस्पतालले जनाएको छ।
उपचारमा संलग्न डाक्टरलाई उधृत गर्दै नेपाली कांग्रेसका नेता अजयबावु सिवाकोटीले जनाए अनुसार अब कृतिम अक्सिजनको मात्रा कम गर्दै जाने र सोमवारबाट भेन्टिलेटर हटाइने छ। उनका अनुसार हातको जलेको भागले काम गर्न थालेकोले अप्रेशन गर्न नपर्ने पनि जनाईएको छ।
भण्डारीको स्वास्थ्य खतरामुक्त रहेको चिकित्सकले बताएका छन् । उनको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ भने अनुहार र हातको जलेको भागमा आफ्mै छाला उम्रन सक्ने सम्भावना देखिएको चिकित्सकहरुले बताएका छन् ।
जसकारण तत्कालै अर्को सर्जरी गर्न नपर्ने चिकित्सकहरुको भनाइ छ । ग्यास चुहिएर भएको आगलागीमा परी घाइते भएका सांसद भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार भइरहेको छ ।
अस्पताल परिसरमा रहेका कांग्रेस नेता योगराज कँडेलकाअनुसार शनिबार मध्यान्ह काउन्सिलिङपछि डाक्टर सुनिल केस्वानीसहितको चिकित्सकहरुको टिमले भण्डारी अब खतरामुक्त बनेको जनाएका छन् । शनिबारदेखि भण्डारीलाई पाइपमार्फत् खाना खुवाउने तयारी छ । शुक्रबार दिउँसो भण्डारीको दुवै खुट्टाको शल्यक्रिया गरिएको थियो ।
काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास चुहिएर आगलागि हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।
सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको बिहीबार बिहान उपचारकै क्रममा कीर्तिपुर अस्पतालमा निधन भयो । सांसद भण्डारीलाई भने बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत उपचारकालागि मुम्बई पु¥याइएको थियो ।