News

योगेश भट्टराईको दावीः प्रचण्ड आफैँ एमालेलाई खोज्दै आएका हुन

योगेश भट्टराईको दावीः प्रचण्ड आफैँ एमालेलाई खोज्दै आएका हुन

नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनको साझा उम्मेदवार हुने बताएका छन्। शनिबार कर्णाली प्रदेशमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले यस्तो वताएका हुन।

‘एमालेले प्रस्तावित गरेको उम्मेदवार नै राष्ट्रपतिको उम्मेदवार हुन्छ र गठबन्धनभित्र रहेका दलहरूको साझा उम्मेदवार हुनेछ।’ उनले भने।

मंसिर ४ मा भएको आम निर्वाचन नेकपा एमालेलाई हराउन गठबन्धन बनाएर घेराबन्दी गरिएको पनि उनले बताए । ‘त्यो गठबन्धन स्वार्थ र अवसरवादी गठबन्धन थियो’ एमाले सचिव भट्टराईले भने –‘गत त्यो गठबन्धन पुस १० गते साँझ टुट्यो। टुट्नुपर्ने नै थियो।’ 

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफैँ एमालेलाई खोज्दै आएको टिप्पणी पनि गरे। ‘पाँच वर्षमा आधा आधा कार्यकाल प्रधानमन्त्री बन्ने उहाँको प्रस्ताव थियो। राष्ट्रपतिको कुरा पनि प्रचण्डले आफैँ दिनुभएको हो’ उनले भने–‘पुस १० गतेको भौतिक अवस्था बदलिएको छैन।’
 

विशेष