पोखरामा बस दुर्घटना हुँदा करिव ४० जना विद्यार्थी घाईते
![पोखरामा बस दुर्घटना हुँदा करिव ४० जना विद्यार्थी घाईते](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/02/accident1-5ef96.jpg)
कास्कीको लेखनाथमा आईतवार दिउँसो बस दुर्घटना हुँदा करिव ४० जना घाईते भएका छन्। पोखरा विश्वविद्यालयबाट बागलुङ बसपार्क जाने क्रममा ग१ख ६७४७ नम्बरको बस डाँडानाक प्रहरी चौकी नजिकै खोल्सामा खसेको हो।
बसमा ४०÷४२ जना विद्यार्थी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी इन्स्पेक्टर ज्ञान खड्काले जानकारी दिए। घाइते सबैलाई प्रहरीले उद्धार गरेर अस्पताल लगेको छ।
उनका अनुसार घाइतेलाई गण्डकी अस्पताल, गण्डकी मेडिकल कलेजमा लगिएको छ।