News

ओलीका विश्वास पात्र दुर्गा प्रसाईले एमाले छोडे

ओलीका विश्वास पात्र दुर्गा प्रसाईले एमाले छोडे

चर्चित मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । पार्टीको प्रदेश समितिले कारवाही गर्न केन्द्रिय समितिलाई सिफारिस गरेपछि उनले पार्टी नै छोडेको घोषणा गरेका हुन।

प्रसाईले पूर्वराजपरिवारका सदस्यलाई अघि सारेर महाअभियानको घोषणा गरेपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारवाही सिफारिस गरेको थियो । तर, पार्टीले निर्णय नलिँदै उनी आफैंले एमालेबाट अलग भएका हुन् ।

प्रसाईंले आजै काठमाडौं आएर पार्टी अध्यक्षसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् । एमाले केन्द्रीय समितिको बैठकले २०७८ मंसिर २६ मा प्रसाईलाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो । विगतमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल निकट उनी पछिल्लो समय एमाले अध्यक्ष ओलीका विश्वासपात्र बनेका थिए ।

अहिले उनी पूर्वराजासँग नजिकिएका छन् । जनयुद्धको समयमा उनी शैनिक हिरासतमा समेत वसेका थिए।

यो पनि,

दुर्गा प्रसाईलाई कारबाही गर्न एमालेले सुरु गर्यो प्रकृया

दुर्गा प्रसाई

विशेष