News खेल

यस्तो रहेछ स्कटल्यान्डका खेलाडिले सन्दीपसँग हात नमिलाएको विषय 

यस्तो रहेछ स्कटल्यान्डका खेलाडिले सन्दीपसँग हात नमिलाएको विषय 

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा लगातार तीन जित हासिल गरेपछि चर्चामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेसँ स्कटल्यान्डका खेलाडीले हात मिलाउन नमानेको विषय अहिले तिव्र रुपमा चुलिएको छ।

शुक्रबार स्कटल्यान्डसँगको जितपछि कीर्तिपुर क्रिकेट मैदानमा देखिएको दृष्यले नेपाली टोलीको जितलाई छायामा पारिदियो। नेपाली टोलीका निवर्तमान कप्तान सन्दीप लामिछानेसँग स्कटल्यान्डका खेलाडीले हात मिलाउन मानेनन् ।

सन्दीपलाई अहिले नाबालिक किशोरीलाई बलत्कार गरेको आरोप लागेको विषयमा आपत्ति जनाउँदै उनीहरुले हात मिलाउन अस्विकार गरेका हुन। उनको मुद्दा अदालतमा चलिरहेको छ । पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई विभिन्न सर्तसहित २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

धरौटीमा रिहा भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले पनि माघ १७ गते सन्दीपमाथिको निलम्बन फुकुवा ग¥यो । लगत्तै उनी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइए । सन्दीप राष्ट्रिय टोलीमा परेपछि दुई खालको बहस सुरु भएको छ । सन्दीपका समर्थकहरूले क्यानको निर्णयलाई स्वागत गरेका छन् । तर, अर्को पक्षले भने क्यान निर्णयको विरोध गरेका छन् । 

यसैक्रममा नेपालले नामिबिया र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय शृंखलाका लागि सन्दीपलाई टोलीमा राख्दा दुबै प्रतिद्वन्द्वीले गम्भीर चासो देखाएका थिए । 

प्रतिद्वन्द्वी टिमले स्पष्ट संकेत दिँदा पनि क्यानले त्यसलाई गम्भीर रुपमा लिएन । क्यानका एक पदाधिकारीले खेल सकिएपछि आफूहरुले सन्दीपलाई हात मिलाउन पठाउनु नै गल्ती भएको बताएका छन् । ‘खेल सकिएपछि हामीले सन्दीपलाई पठाउनु नै गल्ती थियो’ उनले भने–‘हामीले नपठाएको भने हुने रहेछ भन्ने भएको छ । तर अब यो विषयलाई लम्ब्याउन हुँदैन भन्ने लागेको छ ।’

स्रोतका अनुसार क्रिकेट स्कटल्यान्डले क्यानलाई मेलमार्फत पहिले नै सन्दीपसँग हात नमिलाउने जानकारी गराएको थियो। तर, क्यान पदाधिकारीले लिखित रुपमा कुनै जानकारी नगराएको बताउँदै आएका छन् । 

क्रिकेट स्कटल्यान्डले आफ्ना खेलाडीले सन्दीपसँग हात नमिलाएको स्वीकार गरेको छ ।

सन्दीप लामिछाने

विशेष