News

सरकारी ढेउवा खर्च गरेर महादेव मन्दिरमा ‘प्रभु’को आर्केष्ट्रा 

सरकारी ढेउवा खर्च गरेर महादेव मन्दिरमा ‘प्रभु’को आर्केष्ट्रा 

रौतहटको पतौरा स्थित महादेव मन्दिरमा सरकारी ढेउवा (रकम) मा उछृंखल नृत्य (आर्केष्ट्रा) गराईएको छ। पूर्वमन्त्री एवम् आम जनता पार्टीका अध्यक्ष प्रभु साहको विशेष चासोमा हरेक वर्ष आयोजना हुने ‘मधानी मेला’ का अवसरमा यस्तो दृष्य देखिएको हो।

मौलापुर नगरपालिकाद्वारा आयोजित यो मेलामा प्रभु साहसहित उपराष्ट्रपति नन्दबहादुर पुन समेत उपस्थित थिए। मेलामा शनिवार सांस्कृतिक कार्यक्रम राखिएको थियो। उपराष्ट्रपति पुन प्रमुख आतिथि थिए। उनी मञ्चमा उपस्थित रहुनजेल धार्मिक गीतमा नृत्य देखाईएको थियो भने उपराष्ट्रपति पुन वाहिरिएपछि भोजपुरी नृत्य सुरु भएको थियो।

जसमा समाजले पचाउनै नसक्ने खालमा नृत्यहरु देखाईएको स्थानीयले वताएका छन् । यो मेलामा भोजपुरी अस्लिल नृत्य देखाएर युवाहरुलाई खुसी पार्नकै लागि नगरपालिकाले लाखौ रुपैयाँ खर्च गर्ने गरेको स्थानीयले आरोप लगाउने गरेका छन् ।

खास गरी मेलाको नाममा लाखौ रकम अपचलन गर्ने जनप्रतिनिधि र कर्मचारीको नियतका कारण यस्तो नृत्य देखाउने गरिएको उनीहरुको वुझाई छ। ‘नाङ्गो नाच देखाईएपछि हिसाव किताव खोज्ने युवा सर्कर चुप लागेर वस्छ’ स्थानीय भन्छन्–‘त्यसपछि सरकारी वजेट झ्वाम।’

स्थानीयले धार्मिक एवम् साँस्कृतिक कार्यक्रम मात्र गर्न र समाजले पचाउन नसक्ने नृत्य प्रस्तुत नगर्न पटक–पटक सुझाव दिदै आएपनि त्यसको सुनुवाई हुने गरेको छैन। ‘हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्रमा यस्ता कार्य आपत्तिजनक छन्’ एक स्थानीय भन्छन्–‘तर, यस्ता कुराको सुनुवाई कस्ले गर्ने ?’

यस्ता उच्छृंखल नृत्य र मादक पदार्थको सेवनका कारण मेलामा पटक पटक झडप तथा ढुङ्गा र चप्पल हानाहान समेत हुने गरेको छ। 

आर्केष्ट्रा मधानी मेला मौलापुर

विशेष