News

पूर्वराजा ज्ञानेन्द्रको चेतावनीः अब हामी मौन रहन सक्दैनौं

पूर्वराजा ज्ञानेन्द्रको चेतावनीः अब हामी मौन रहन सक्दैनौं

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको निरन्तर अधोगतिप्रति अब चुप लागेर नवस्ने चेतावनी दिएका छन् । प्रजातन्त्र दिवशको अवसरमा शनिबार एक वक्तज्य जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले यस्तो चेतावनी दिएका हुन।

देशको अवस्था र राजनीतिक दलको स्वार्थ केन्द्रित राजनीतिका विषयमा लामो भनाई प्रस्तुत गर्दै उनले यस्तो अवस्थामा मौन भएर नवस्ने वताएका छन् । बहुसंख्यक नेपाली जनताले चाहेको निर्णय स्वीकार्ने राजसंस्थाको परम्परा रहेको, तर मुलुक प्रतिकुल अवस्थामा रहेकाले मौन रहन नसक्ने उनले बताएका छन् । ‘शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकुल पलहरुमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौं । तर नेपालको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं ।’– उनको वक्तव्यमा भनिएको छ।

उनले राजनीतिक दलहरुसँग सहकार्यको प्रस्ताव राखेका छन् । मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्नुपर्ने उनको प्रश्ताव छ। ‘अब यो देश जोगाउन प्रजातन्त्रका लागि अपरिहार्य राजनीतिक दलहरु र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यका लागि बिलम्ब गर्नु हुँदैन ।’– उनले भनेका छन्।

पछिल्ला वर्षहरुमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्मान र सार्वभौमिकता चिरा पर्न थालेको र कुशासन, भ्रष्टाचार, आर्थिक शिथिलता र सामाजिक बिग्रहको स्थिति देखापरेको उनको निष्कर्ष छ ।

राज्य सत्ताको बागडोर ज–जसका हातमा परे पनि जनताको सुख, शान्ति र राष्ट्रको समृद्धिमा योगदान नपुगेको उनको भनाइ छ । 
यस्तो छ पुर्वराजा ज्ञानेन्द्रको बक्तब्य

ज्ञानेन्द्र शाह

विशेष