News

राष्ट्रपतिमा प्रचण्डको प्रश्ताव सुवास नेम्वाङ, ओलीले गरे अस्विकार

राष्ट्रपतिमा प्रचण्डको प्रश्ताव सुवास नेम्वाङ, ओलीले गरे अस्विकार

सत्ता गठबन्धनमा राष्ट्रपति कस्ले पाउँँने भन्ने विवाद छ। एमालेले राष्ट्रपति आफुले पाउनु पर्ने वताउँदै आएको छ भने नेकपा माओवादीले भने राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति छान्नु पर्ने वताउँदै आएको छ।

यही उतारचढावका बीच एमाले अध्यक्ष कपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालका बीचमा राष्ट्रपति उम्मेदवारका विषयमा पटक पटक छलफल हुँदै आएको छ। यसै क्रममा दाहालले सहमतिका लागि भन्दै एमालेकै चार जना नेताको नाम लिँदा अध्यक्ष ओलीले अस्विकार गरेका छन् ।

स्रोतका अनुसार राष्ट्रपतिका दाहालले एमालेबाट सुवास नेम्वाङको चर्चा गरेका थिए। तर ओलीले भने नेम्वाङलाई समेत राष्ट्रपति बनाउन नचाहेको वताईएको छ। यस वाहेक अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीको नाममा समेत ओलीले सहमति नजनाएको माओवादी नेताहरुले वताएका छन।

ओलीले पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई राष्ट्रपति बनाउन चाहेका छन्। दाहाल भने कुनै हालतमा पनि पोखरेललाई राष्ट्रपति स्वीकार गर्न तयार देखिँदैनन्। 

एमाले–माओवादीबीच एकता भई निर्माण भएको ‘नेकपा’ विभाजित हुनुका एक कारक पोखरेल पनि मानिन्छन्। ‘नेकपा’ ले दुई अध्यक्षीय प्रणालीको व्यवस्था गरे पनि उनले अध्यक्षमा दाहाललाई स्वीकार गर्न नसकिने बताउने गरेका थिए। प्रधानमन्त्रीका लागि ओली–दाहालबीच भएको आलोपालो सहमतिको पनि पोखरेलले विरोध गरेका थिए।

अहिले ओलीले उनको नाम राष्ट्रपतिमा लिँदा सायद दाहाल त्यही सम्झेर झस्किइरहेका हुन सक्ने नेताहरुको भनाई छ। राष्ट्रपतिमा ओलीले ईश्वर पोखरेलबाहेक अरु कसैको नाम नै सुन्न चाहेका छैनन्। पोखरेल नै राष्ट्रपति हुनुपर्छ भन्ने उनको एकोहोरो अडान छ।

नेकपा विभाजनपूर्व एमालेभित्रको अन्तद्र्वन्द्वमा बोहोरा, शाक्य र ज्ञवाली तीनैजना माधव नेपाल निकटस्थ थिए। एमाले विभाजन हुनुअघिसम्म उनीहरुले अन्तिमसम्म नेपाललाई साथ दिँदै आएका थिए। तर, जब नेपालले पार्टी विभाजन गरी नेकपा (एकीकृत समाजवादी) गठन गरे, त्यसपछि उनीहरु नेपाललाई छाडी ओली नेतृत्वको एमालेमै रहे। 

एमाले विभाजनअघि नेपाल निकट भएकाले बोहोरा, शाक्य र ज्ञवालीलाई राष्ट्रपति उम्मेदवार बनाउन ओली तयार नहुनुलाई दाहालले पनि स्वभाविकै मानेका छन्। तर, नेम्वाङलाई समेत राष्ट्रपति उम्मेदवार बनाउन ओली तयार नदेखिएपछि उनी झस्किएको वताईन्छ।

नेकपाको अन्तरद्वन्द्वका बेलासमेत ओलीलाई साथ दिएका नेम्वाङलाई समेत राष्ट्रपति स्वीकार गर्न तयार नभएकाले ओलीको नियतप्रति शंका उत्पन्न भएको नेताहरु वताउँछन्। 

यो पनि,

अस्पष्ट भाषामा ओलीलाई प्रचण्डको स्पष्ट जवाफः राष्ट्रपति कांग्रेसलाई, नत्र एमाले आउट

राष्ट्रपति

विशेष