News

कर्मचारीको तलव नदिएपछि गुण एयरलाइन्सका सवै उडान बन्द

कर्मचारीको तलव नदिएपछि गुण एयरलाइन्सका सवै उडान बन्द

कर्मचारीको तलव नदिएको गुनासो वढेपछि सरकारले गुण एयरलाइन्सका सवै उडान रोक्ने निर्णय गरेको छ । गुणका ७ वटै विमान गत वुधवारदेखि नै ग्राउण्डेड भएका छन्।

कर्मचारीलाई तलब समेत दिन नसकेकाले हवाई सुरक्षा पक्षमा प्रभाव पर्ने जोखिम रहेको ठहर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले गुणका विमानहरुलाई उड्न नदिने निर्णय गरेको हो ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलका अनुसार कम्पनीले कर्मचारीको सेवा सुविधा समयमै दिन सकेको छैन । त्यसैले अर्को व्यवस्था नभएसम्म हालका लागि सबै जहाज ग्राउन्डेड गर्न सोमबार नै पत्र पठाएको निरौलाले वताए ।

‘उडानमा संलग्न कर्मचारीलाई तलब सुविधा नदिएपछि उडान सुरक्षामा जोखिम देखियो’, उनले भने, ‘जोखिमलाई मध्यनजर गरेर अर्को व्यवस्था नभएसम्म सबै उडान बन्द गर्नु भनेर पत्र काटेका छौं।’

यसअघि गुणले जहाज मर्मतका लागि स्पेयर पार्टस् विदेशबाट ल्याइँदै गरेको र पाइलट तालिममा रहेकाले उडान बन्द रहेको बताएको थियो। तर उडान बन्द भएपछि अनुसन्धान गर्दा तलब नदिएको पाइएको प्राधिकरणले जनाएको छ।  

गुण एयरका हाल तीन वटा जहाज सञ्चालनमा छन्। सिम्रिक एयरलाइन्सका विमानहरु किनेर गुण एयरलाइन्सले हवाई सेवा दिंदै आएको थियो । यी जहाजले तुम्लिङटार, पोखरा, विराटनगर, भैरहवा, भरतपुर, सिमरा लगायतका गन्तव्यमा उडान गर्दै आइरहेका छन्।

आर्थिक संकटका कारण कम्पनी विभिन्न पक्षलाई तिर्नुपर्ने दायित्व पनि बढेको सूचना प्राधिकरणका पुगेको छ । 
 

गुण एयरलाइन्स

विशेष