News

दुई महिना जनताका कुरा सुन्न नेताहरुलाई प्रचण्डको निर्देशन

दुई महिना जनताका कुरा सुन्न नेताहरुलाई प्रचण्डको निर्देशन

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाह्रबुँदे पक्षधरहरु ठाउँमा रहनुपर्ने बताएका छन् ।

सोमबार दिउँसो पोखराको लेखनाथमा पार्टीको प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै उनले बाह्रबुँदे सहमति, विस्तृत शान्ति सम्झौता र संविधान निर्माणका बेला एक ठाउँमा रहेका शक्ति राष्ट्रपति निर्वाचनका बेला पनि मिल्नुपर्ने बताएका छन्।

आफूहरुले राष्ट्रपतिमा कुनै व्यक्तिको कुरा नगरेको भन्दै तीन ठूला दल एक ठाउँमा रहनुपर्ने धारणा राखेको बताए । प्रचण्डले २ महिना जनताका बीचमा गएर उनीहरुको कुरा सुन्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

‘दुई महिनाभित्र हामी केन्द्रीय समितिको पूर्ण बैठक बस्छौं । त्यतिञ्जेल जनता र कार्यकर्तामा गएर उनीहरूका कुरा सुनौं, उनीहरूका सुझाव लिऔं’ उनले भने, ‘शहीद परिवार, बेपत्ता परिवार, घाइते अपाङ्ग साथीहरू भेटौं । उनीहरूको सुझावका आधारमा पार्टी पुनर्निर्माण र रूपान्तर गरौं ।’

विशेष