News अपराध सुरक्षा

वोरामा पोको पारेर गोठमा कस्ले लुकायो किशोरीको शव ?, पतिसहित ३ जना पक्राउ

वोरामा पोको पारेर गोठमा कस्ले लुकायो किशोरीको शव ?, पतिसहित ३ जना पक्राउ

मोरङमा एक महिलाको शव बोरामा हालेर गाई गोठमा राखिएको अवस्थामा फेला परेको छ। बुढीगंगा गाउँपालिका–२, अमाहीस्थित स्थानीय नरसिंह चौधरीको गोठमा २८ वर्षीया प्रियंका सुनारको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनारको शव वोरामा प्याक गरिएको अवस्थामा फेला परेको हो। विराटनगर महानगरपालिका–१९ की बासिन्दा सुनारको शव सोमबार दिउँसो फेला परेको हो। प्लाष्टिकको बोरामा गुन्टो पारेर शव फालिएको अवस्थामा फेला परेको मोरङ प्रहरीका डिएसपी टीकाबहादुर कार्कीले बताए।

सुनारको हत्या गरी फालिएको हुनसक्ने कार्कीले बताए। उनका अनुसार शवमा चोट देखिएको छ। शव फेला परेसँगै प्रहरीले अनुसन्धानका क्रममा मृतकका पति विराटनगर–१९ का २९ वर्षीय रमेश साहसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कटहरी गाउँपालिका–५ का ६२ वर्षीय रामानन्द राम र उमेश सरदार पनि छन्।

प्रारम्भिक अनुसन्धानका क्रममा रमानन्द शव व्यवस्थापनमा संलग्न भएको देखिएको र त्यस क्रममा उमेशको गाडी प्रयोग भएको पाइएको डीएसपी कार्कीको भनाइ छ ।

विशेष