News

बृद्धभत्ताको पैसा नदिएपछि काकीको हत्या, भतिजा फरार

बृद्धभत्ताको पैसा नदिएपछि काकीको हत्या, भतिजा फरार

वृद्धभत्ता नदिएको भन्दै महोत्तरीमा एक युवकले आफ्नै काकीको हत्या गरेका छन्।

महोत्तरी गाउँपालिका ३ मडैका ३० वर्षिय बिजेन्द्र महराले चक्कु प्रहार गरी ७० वर्षीय शिव महराको सोमबार दिउँसो हत्या गरेका हुन।

बृद्धभत्ताको पैसा नदिएको बिषयलाई लिएर भतिज बिजेन्द्रले शिवमायाँको तिघ्रामा चक्कु प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय महोत्तरी र ईलाका प्रहरी कार्यालय कटिकटैयाबाट खटिएको प्रहरीले घटनामा संलग्न बिजेन्द्रको खोजी गरिरहेको छ। उनी फरार भएको  प्रहरीले जनाएको छ।
 

विशेष