News

राष्ट्रपति उम्मेदवारबारे धारणा बनाउन माओवादीको पदाधिकारी बैठक बस्दै

राष्ट्रपति उम्मेदवारबारे धारणा बनाउन माओवादीको पदाधिकारी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न साढे चार बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ ।

बैठकमा आगामी राष्ट्रपति निर्वाचनको उम्मेदवारका विषयमा छलफल गर्न लागिएको नेताहरुले बताएका छन्। राष्ट्रपतिको उम्मेदवारको विषयमा नेकपा एमालेसँग असमझदारी बढेपछि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका नेताहरुसँग औपचारिक रुपमै छलफल थालेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले राष्ट्रपतिमा आफ्नो पार्टीले अघि सार्ने उम्मेदवारलाई समर्थन गर्न प्रधानमन्त्री दाहालसमक्ष औपचारिक आग्रह गरेका थिए । जवाफमा प्रधानमन्त्रीले पार्टीमा छलफल गर्ने बताएका थिए । सोही अनुसार आज पदाधिकारी बैठक बस्न लागेको नेताहरुले बताएका छन् ।

राष्ट्रपति निर्वाचनका लागि यही फागुन १३ गते मनोनयन दर्ताको कार्यक्रम छ । फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुनेछ । तर सत्ता साझेदार दलबीच नै राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा एकमत हुन सकेको छैन । 
 

विशेष