News खेल

मेस्सी र एमबाप्पे चम्किदा पीएसीको जित, ४–३ ले हार्यो लिल

मेस्सी र एमबाप्पे चम्किदा पीएसीको जित, ४–३ ले हार्यो लिल

लियोनेल मेस्सीले फ्रिकित पाएपछि पेरिस सेन्ट जर्मन (पीएसजी) ले लिलमाथि ४–३ को जित निकालेको छ ।

आइतबार घरेलु मैदानमा निर्धारित समयमा सम्पन्न खेलको इन्जुरी समयमा प्राप्त लियोनेल मेस्सीले फ्रिकिकको सदुपयोग गर्दै गोल गरेपछि पीएसजीले तीन अंक निश्चित गरेको हो । यसअघि काइलियन एमबाप्पेले ११औँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए ।

१७औँ मिनेटमा नेइमारले गोल गर्दै पीएसजीको अग्रतालाई दोब्बर पारे । तर, २४औँ मिनेटमा बागोड डियाकिटले गोल गर्दै लिललाई २–१ को स्थितिमा ल्याए । ५८औँ मिनेटमा जोनाथन डेभिडले गोल गर्दै बराबरीमा फर्काएका थिए । ७९औँ मिनेटमा जोनाथन बम्बाले गोल गर्दै लिललाई ३–२ को अग्रता दिलाए ।

तर, खेल सकिन तीन मिनेटमा बाँकी रहँदा एमबाप्पेले पुनः गोल गर्दै पीएसजीलाई खेलमा फर्काए । इन्जुरी समयमा मेसीले फ्रिकिक गोल गरेपछि पीएसजीले रोमाञ्चक जित पक्का ग¥यो ।

लिग वानमा पीएसजी सन् २०२१ को अप्रिलयता अपराजित छ । त्यसबेला पीएसजीले लिलसँगै १–० को हार बेहोरेको थियो । 
 

विशेष