News

प्रमोद खरेलको उजुरीपछि विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ

प्रमोद खरेलको उजुरीपछि विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ

कलाकार तथा विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई सोमवार विहान पक्राउ गरेको हो।

थाइल्याण्डबाट नेपाल आइपुगेका उनलाई विद्युतिय अपराध अन्तर्गत पक्राउ गरिएको ब्युरोका एसएसपी नवीन्द्र अर्यालले बताए । विद्युतीय स्वरुपमा आफ्नो चरित्र हत्या गरेको भन्दै महेशचन्द्र आचार्यले रेग्मीविरुद्ध ब्युरोमा उजुरी दिएका थिए ।

म्याद थप गरेर रेग्मीलाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने समेत एसएसपी अर्यालले जनाए । रेग्मीले अन्य व्यक्तिको पनि चरित्रहत्या गरेको आचार्यले उजुरीमा उल्लेख गरेका छन् ।

उनले आफ्नो फेसबुकको कभर तस्वीरमा अहिलेका चर्चित कलाकारको हस्ताक्षरसहितको तस्वीर राखेका छन् । जसमा राजेशपायल राईदेखि रचना रिमालसम्मका नाम छन् । यी गायक–गायिकासँग उनको विवाद देखिएको छ । ‘प्रणय’ एल्बममा राखिएको गीत ‘पोखरा’लाई लिएर गायक प्रमोद खरेल र रेग्मीबीचको विवाद चुलिएको थियो ।

गीतको रिमेकलाई लिएर खरेल र रेग्मीबीच विवाद चलेको थियो । रेग्मीले खरेलमाथि प्रतिलिपि अधिकारको कार्यालयमा करोड क्षतिपूर्ति माग गर्दै उजुरी दिएका थिए भने प्रमोदले पनि कानुनी प्रक्रियामार्फत उपचार खोज्ने जवाफ त्यतिबेला दिएका थिए ।

पछिल्लो समय थाइल्याण्डमा रहेका रेग्मीले सामाजिक सञ्जालबाटै आफूहरुलाई लाञ्छना लगाउने गरेको आरोप उजुरीकर्ता आचार्यसहितको गुनासो छ । रेग्मी पक्राउ पर्नुमा गायक प्रमोद खरेलसहित अन्य ४ जना कलाकारको हात रहेको भन्दै सामाजिक सञ्जालमा प्रतिक्रियाहरु आईरहेको छ।

प्रमोद खरेल सुवास रेग्मी

विशेष