अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित
![अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/02/airport.jpg)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर डाउन भएको छ। सर्भरको समस्याले सयौं यात्रु समस्यामा परेका छन्।
सर्भर डाउन भएपछि केही उडानसमेत बन्द भएका छन् । अध्यागमनमा पटकपटक यस्तो समस्या हुँदा गृहमन्त्रालय र अध्यागमन विभागलाई ताकेता गरेपनि समाधान नभएको कर्मचारीको गुनासो छ ।
करिब एक घण्टादेखि सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसकेकोले उडान प्रभावित भएको अध्यागमनका एक अधिकारीले जानकारी दिए ।
‘अफलाइन सर्भर नहुनु र बारम्बार प्राविधिक समस्याबारे जानकारी गराउँदा पनि वास्ता गरिएन’ ति अधिकारीले भने–‘यात्रुको आक्रोश भने हामी कर्मचारीले भोग्नुपरेको छ।
सर्भर बिग्रिएको कारण फ्लाई दुबई, एयर इन्डिया, इण्डिको एयर, थाई स्माइल, मलेसियन एयरलगायतका ९ वटा जति उडान प्रभावित भएको बताइएको छ । अहिले ३÷४ सय यात्रु आक्रोशित भएर बसेका छन् ।
उडान प्रभावित भएका कारण तेस्रो मुलुकको यात्रा गरिरहेका यात्रुहरूको कनेक्टिङ फ्लाइट छुट्ने सम्भावना बढेको छ ।