एक महिला २ छोरासहित गण्डक नहरमा बेपत्ता
![एक महिला २ छोरासहित गण्डक नहरमा बेपत्ता](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/02/gandak.jpg)
पश्चिम नवलपरासी स्थित गण्डक नहरमा हामफालेर एक महिला २ छोरा बेपत्ता भएका छन् ।
सुस्ता गाउँपालिका–२ हरकपुरका तीर्थराम थारुकी श्रीमती २९ वर्षीया प्रतिमा, ९ वर्षीय छोरा कृष र ७ वर्षीय छोरा सुमितसहित मंगलबार दिउँसो नहरमा हाम फाली बेपत्ता भएका हुन।
बेपत्ता तीनै जनाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए ।