News अपराध सुरक्षा

ज्यान मार्ने उद्योगका फरार अभियुक्तद्वारा प्रहरीमाथि चक्कु प्रहार

ज्यान मार्ने उद्योगका फरार अभियुक्तद्वारा प्रहरीमाथि चक्कु प्रहार

रौतहटमा डाँका, चोरी र ज्यान मार्ने उद्योगका फरार अभियुक्त पक्राउ गर्न खटिएको प्रहरी टोलीमाथि चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी सहायक हवल्दार सुरेश यादव घाइते भएका हुन् ।

बुधबार दिउँसो गौर नगरपालिका–२, लालबकैया खोलापारी केरा घारीमा फरार अभियुक्त बसेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रौतहटवाट प्रहरी टोली सर्च अप्रेशनमा खटिएको थियो। गौर नगरपालिका–५ कोइरीटोलका १९ वर्षीय राहुल यादव र गौर नगरपालिका–४ का १९ वर्षीय रवि यादवलाई प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो।

सो क्रममा राहुलले प्रहरी सहायक हवल्दार यादवलाई चक्कु प्रहार गरेका थिए । सुरेशको दाहिने हातमा चोट लागेको छ । त्यसपछि प्रहरीले १ राउण्ड हवाइ फायर गरी राहुललाई पक्राउ गरेको थियो । उनको साथबाट चक्कु र कैची समेत बरामद गरेको छ ।

घटनापछि भागेका रविलाई खोजतलास गरी बिहीबार बिहान नियन्त्रणमा लिईएको छ। उनलाई गौर नगरपालिका–४ मै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
 

विशेष