टर्कीमा अर्को शक्तिशाली भुकम्प, हालसम्म ४४ हजार वढिको मृत्यु
टर्कीमा सोमवार राती फेरी अर्को शक्तिशालि भूकम्प गएको छ । देशको दक्षिणी क्षेत्रस्थित सिरियासँग सीमा जोडिएको भागमा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
नयाँ भूकम्पमा परि तीन जनाको मृत्यु भएको छ। भूकम्पको सिरियामा पनि प्रभाव परेको छ । दुई देशमा गरि ६०० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
केही समय अगाडिमात्रै सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशालि भूकम्प जाँदा त्यहाँ ४४ हजारभन्दा धेरैको मृत्यु भएको थियो ।
उक्त शक्तिशालि भूकम्पको उद्धार र राहतको कार्य नसकिंदै फेरि अर्को भूकम्प गएपछि टर्कीमा थप समस्या भएको छ ।
भूकम्पले टर्कीमा भौतिक संरचनाहरूमा पनि ठूलो क्षति पुगेको छ । ती भग्नावशेषमा मानिसहरू फसिरहेका छन् । उनीहरूको उद्धार कार्य भइरहेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।