News

प्रचण्डले भने– राजनीतिक समीकरण फेरिदैन तर रास्वपाले समस्यामा पार्यो

प्रचण्डले भने– राजनीतिक समीकरण फेरिदैन तर रास्वपाले समस्यामा पार्यो

प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले नै राजनीतिक समीकरण नफेरिने बताएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका दाहालले बिहीबार पार्टी स्थायी कमिटी बैठकपछि केन्द्रीय कार्यालय पेरिसडाँडामा यस्तो वताएका हुन।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने सम्भावनाबारे पत्रकारहरूले सोधेको प्रश्नमा प्रधानमन्त्री दाहालले रास्वपाले समर्थन फिर्ता नलिने बताए। नागरिकता मुद्दामा सर्वोच्च अदालतले सांसद पद नै खारेज गरिदिएका सभापति रवि लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिनुपर्ने रास्वपाको माग छ।

यसमा मुख्य सत्ता साझेदार दल एमालेको पनि जोडबल छ तर दाहाल सकारात्मक छैनन्। उनले रास्वपाले गृह मन्त्रालय नभई हुन्न भनेर अप्ठेरो पारेको बताए। ‘रास्वपाले गृहमन्त्री नभई हुन्न भनेर अप्ठ्यारो गरेको छ’ दाहालको भनाइ उधृत गर्दै ती नेताले भने, ‘रविलाई गृहमन्त्री दिन सकिने अबस्था छैन । ओलीको पनि दवाव छँदै छ । भोलिसम्म हेरौं ।’

नागरिकता प्रकरणका कारण रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए । उनले नेपाली नागरिकता लिएपछि आफूलाई पुनः गृहमन्त्री बनाउनुपर्ने भन्दै दबाव दिइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री नदिए सरकार छोड्ने संकेत गरेको छ । माओवादी केन्द्रका एक नेताले गठबन्धनमा तनाव पैदा भएको बताउँदै रास्वपाको निर्णय हेरेर मात्रै आफूहरुको बैठक बस्ने बताए ।

यद्यपि दाहालले सत्ता गठबन्धन कायमै रहने विश्वास व्यक्त गरेका छन् । 
 

विशेष