News

महाराजगञ्जमा ओली–माधब गोप्य भेट, प्रचण्ड–देउवा गठजोड धरापमा !

महाराजगञ्जमा ओली–माधब गोप्य भेट, प्रचण्ड–देउवा गठजोड धरापमा !

नेकपा माओवादी केन्द्रले कांग्रेसलाई पछ्याउन थालेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा एसका अध्यक्ष मानवकुमार नेपाललाई फकाउन थालेका छ। माओवादी पूर्वसहमतिबाट पछि हट्दै राष्ट्रपतिमा एमालेलाई समर्थन नगर्ने लभगभ निश्चित भएपछि ओली माधव नेपालको पछाडि लागेका हुन।

कांग्रेसले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत हालेसँगै राजनीतिको कोर्स फेरिएको छ । दाहालले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने वचन दिइसकेका छन् । सोमवार बसेको माओवादी पदाधिकारी बैठकले राष्ट्रपतिबारे अन्तिम निर्णय लिने अधिकार पनि दाहाललाई नै दिएको छ। दाहाल एमालेलाई राष्ट्रपति दिन कुनै हालतमा तयार छैनन् ।

कांग्रेसलाई राष्ट्रपति दिएर पुरानो गठबन्धन ब्युँताउने अभिष्ट बोकेका छन्। एमालेसँग अव अर्को पार्टीको राष्ट्रपति स्वीकारेर गठबन्धनलाई निरन्तरता दिने कि सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने भन्ने दुई विकल्प छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिन एमालेलाई सजिलो छैन । त्यो अवस्थामा उ पाँच वर्षका लागि खाली हात हुनेछ । केवल सभामुखमा चित्त बुझाउनुपर्छ । त्योभन्दा राष्ट्रपति माया मारेर भए पनि गठबन्धनलाई निरन्तरता दिने विकल्पको खोजी भएको हो ।

अर्कोतर्फ राष्ट्रपतिको चुनावको बहानामा गठवन्धन भत्काउने र अस्थिरता पैदा गर्ने गरी बाह्य चलखेल बढेपछि त्यसलाई असफल पार्न विभिन्न विकल्पमा छलफल भइरहेको पार्टी स्रोतले बताएको छ। 

पुस १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नयाँ सरकार गठनलाई लिएर विभिन्न सहमति भएका थिए । त्यसमध्येको एउटा सहमति एमालेले राष्ट्रपति पाउने भन्ने थियो । तर, 

विभिन्न विकल्पमध्ये नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्तावित गर्ने पनि रहेको पार्टीका एक पदाधिकारीले बताए ।

चुनावअघिसम्म निकै तिक्ततापुर्ण सम्वन्ध रहेका एमाले अध्यक्ष ओली र समाजवादी अध्यक्ष नेपालबीच पछिल्लो समय सम्वन्धमा सुधार आउन थालेको स्रोतको भनाइ छ । दुई नेताबीच दुई दिनअघि गोप्य भेटसमेत भएको थियो । महाराजगञ्जको एउटा घरमा उनीहरुबीच राष्ट्रपति चुनावकै सन्दर्भमा भेटवार्ता भएको पार्टी स्रोतले बतायो । उक्त भेटमा ओलीले नेपाललाई राष्ट्रपति अफर गरेको स्रोतको दावी छ।

ओलीले समाजवादीलाई नेकपा एमालेमा समाहित गरी राष्ट्रपति बन्न प्रश्ताव गरेको जनाईएको छ। नेपाललाई राष्ट्रपति पदको उम्मेदवार बनाउनेबारे नेकपा एसमा भने औपचारिक छलफल अहिलेसम्म भएको छैन । 

अर्कोतर्फ हिजो मात्रै राष्ट्रपति निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री दाहाल र नेपालको भेटवार्ता भएको थियो । उक्त भेटपछि पत्रकारहरूले नेपाललाई भावि राष्ट्रपतिमा उनको पनि नाम आएको बारे सोधेका थिए । जवाफमा नेपालले भनेका थिए, ‘चर्चा त हुँदै गर्छ । जो भए पनि राष्ट्रिय सहमति हुनुपर्छ ।’

ओलीको प्रस्तावमा नेपाल आकर्षित भएमा माओवादी र कांग्रेस अप्ठेरोमा पर्न सक्ने देखिएको छ। 

राष्ट्रपति

विशेष