News खेल

स्कटल्यान्डविरुद्ध नेपालाई तेस्रो सफलता, सन्दीपले लिए तीन विकेट

स्कटल्यान्डविरुद्ध नेपालाई तेस्रो सफलता, सन्दीपले लिए तीन विकेट

आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा बलिङ गरिरहेको नेपालले तेस्रो विकेट लिएको छ । स्पिनर सन्दीप लामिछानेले फेरि एकपटक उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिएका छन् ।

स्कटल्यान्डविरुद्धको म्याचमा स्पिनरलामिछानेले तेस्रो विकेट लिएका हुन् । उनले लगातार बलमा दुई ब्याट्सम्यान आउट गर्दै आफ्नो विकेट संख्या तीन पु¥याएका छन्। खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। टिममा तीव्र गतिका बलर गुल्झन झाको स्थानमा ललितनारायण राजवंशी फर्किएका छन्। 

नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख (विकेटकिपर), करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कुशल भुर्तेल, ललितनारायण राजवंशी, सन्दीप जोरा, कुशल मल्ल छन्।

नेपाल, नामिबिया र स्कटल्यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा आज अन्तिम खेल भइरहेको छ। सिरिजमा यसअघि नेपालले लगातार तीन खेलमा जित हात पारेको थियो। नामिबियाविरुद्ध दुवै खेलमा नेपालले जित हात पारेको थियो। यस्तै नेपालले स्कटल्यान्डलाई हराएको थियो। 

लिग–२ मा नेपाल २७ खेलबाट २४ अंक जोड्दै छैटौं स्थानमा छ। बाँकी ९ खेल खेल्नुअघि नेपाललाई लिग–२ को  शीर्ष तीनमा पारेर विश्वकप छनोटमा पुग्न पर्ने चुनौती छ। 

विशेष