News

सेल्फी खिच्न नपाएपछि गायक सोनु निगममाथि कन्सर्टमै आक्रमण 

सेल्फी खिच्न नपाएपछि गायक सोनु निगममाथि कन्सर्टमै आक्रमण 

भारतीय गायक सोनु निगममाथि मुम्बईको चेम्बुरमा आयोजित एक सांगीतिक कार्यक्रममा आक्रमण भएको छ । 

भारतीय सञ्चारमाध्यमका अनुसार गएराति उनीमाथि आक्रमण भएको हो। सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा सोनुको टोलीका एक व्यक्तिलाई स्टेजबाट तल धकेलिएको देख्न सकिन्छ । सोनुले प्रस्तुति दिइरहेको बेला शिव सेना पार्टीका एक विधायकले आक्रमण गरेको र उनका अंगरक्षकलाई सिंढीबाट तल धकेलेको समाचारमा जनाइएको छ ।

त्यसपछि घटनाबारे उजुरी दिन सोनु प्रहरी कार्यालयमा पुगेका थिए । त्यसपछि उनी मुम्बई विमानस्थलबाट दिल्ली आएको बताइएको छ । बलिउड हंगामाले भने आक्रमणपछि चोटपटक लागेकाले सोनुलाई अस्पताल पु¥याइएको जनाएको छ ।

ती विधायकका छोराको सोनुसँग सेल्फी खिच्ने इच्छा पूरा हुन नपाएपछि स्टेजमा आक्रमण गरेको खबरमा उल्लेख छ । सुरक्षा गार्डले स्थितिलाई नियन्त्रणमा ल्याउन प्रयास गर्दा अन्य केही घाइते भएका छन् ।

चर्चित पापाराजी भाइरल भयानीले आफ्नो इन्स्टाग्राममा एक क्लिप सेयर गरेका छन् । जहाँ सोनु निगमलाई कारबाट ओर्लिएर एयरपोर्टको प्रवेशद्वारतर्फ जाँदै गरेको देख्न सकिन्छ । भिडियोमा गायकलाई स्मार्ट पहिरनमा देख्न सकिन्छ । उनले आर्मी प्रिन्ट ज्याकेट र प्यान्ट लगाएका छन् । भयानीले सोनुको स्वास्थ्यबारे बारेमा सोद्धा गायकले जवाफ दिएका छन्, ‘सबै ठीक छ ।’

घटनाका विषयमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ । 
 

विशेष