News

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अग्नि सापकोटाका छोरा नियुक्त

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अग्नि सापकोटाका छोरा नियुक्त

पूर्वसभामुख तथा माओवादीका उपाध्यक्ष अग्नि सापकोटाका छोरा रुपक सापकोटा प्रधानमन्त्री पुष्पकमल दाहालको परराष्ट्र सल्लाहकारमा नियुक्त गरिएको छ। प्रधानमन्त्रीले नियुक्ति दिएसँगै सापकोटाले औपचारिक रुपमा काम थालिसकेका छन् ।

त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा प्राध्यापनसमेत गराउँदै आएका सापकोटा अन्तराष्ट्रिय सम्बन्ध एवम् परराष्ट्र मामिलाको जानकारका रूपमा सापकोटा परिचित छन् ।

टीयूको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषय समिति सदस्यका रूपमा पनि जिम्मेवारीमा रहेका सापकोटासँग अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलामा गहिरो ज्ञान रहेको छ ।

डा. सापकोटाले सन् २०१८मा चीनको बेइजिङस्थित प्रसिद्ध विश्वविद्यालय, रनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विषयमा विद्यावारिधि हासिल गरेका थिए । उनमा विश्वका विभिन्न विश्वविद्यालयमा सिनियर स्कलर तथा रिर्सच फेलोका रूपमा पनि काम गरेको अनुभव छ । भने चिनियाँ भाषामा राम्रो दख्खल राख्दछन् ।

उनले सन् २०१९, नोभेम्बर देखि सन् २०२१ अक्टोबरसम्म नेपाल सरकारको महत्वपूर्ण थिंकटयांक, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उप–कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

उनका भूराजनीतिक, वैदेशिक तथा सामारिक मामिलामा थुप्रै लेख रचना प्रकाशित छन् । उनले थुप्रै पुस्तक सहलेखन र सम्पादन पनि गरेका छन् । साथै, उनका थुप्रै प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलहरुमा अनुसन्धनात्मक लेखहरू पनि प्रकाशित भएका छन् ।

प्रधानमन्त्रीले यसअघि प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल, मुख्य स्वकीय सचिवमा सन्तकुमार दरै, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाल, प्रेस विज्ञमा मनहरि तिमल्सिना, प्रेस संयोजकमा सूर्यकिरण शर्मा नियुक्त गरिसकेका छन्।

यस्तै, स्वकीय सहसचिवमा गोकर्ण प्रकाश भट्ट र आइटी विज्ञमा प्रकाश रायमाझी, प्रशासन जनसम्पर्क विज्ञमा नेता रामदीप आचार्य, जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली, बुद्धि जिसी नियुक्त भइसकेका छन् । 

रुपक सापकोटा परराष्ट्र सल्लाहकार

विशेष