News

नैतिक्ताका पुजारी रवि लामिछानेले अझै छोडेनन् सरकारी क्वाटर

नैतिक्ताका पुजारी रवि लामिछानेले अझै छोडेनन् सरकारी क्वाटर

नागरिक्ता रद्द भएपछि गृहमन्त्री पद गुमाएका रवि लामिछानेले अझैसम्म सरकारी क्वाटर छोडेका छैनन्। गत शुक्रबार सर्वोच्च अदालतको आदेशपछि उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र सांसदको पद गुमाएर सामान्य नागरिक बनेका छन्।

तर, उनले अझै सरकारी निवास छाडेका छैनन् । फेरि मन्त्री बन्न कसरत गरिरहेकाले उनले क्वाटर नछोडेको रास्वपाका एक नेता बताउँछन् । 

शुक्रबार नागरिकता प्रकरणमा सर्वोच्चले उनी सांसद हुन अयोग्य रहेको आदेश दिएसँगै उनका सबै पद गएका थिए । त्यसै दिन रवि स्वयमले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर मन्त्री पदबाट राजीनामा पनि बुझाएका थिए ।

पद गएको बिहिवार एक साता वितिसक्दा पनि ललितपुरको हरिहर भवनस्थित सरकारी निवास उनले छाडेका छैनन् ।

सञ्चारकर्म छाडेर राजनीतिमा आउनुअघि लामिछाने नेपाली नेताहरूलाई उग्र रुपमै नैतिकताको पाठ सिकाउने गर्थे । तर आफैँ अहिले नेता बनेपछि उनले नैतिकताका सबै सीमा रेखा तोडेका छन् ।

उनी अहिले गैरसांसद व्यक्ति पनि मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्थाअनुसार फेरि गृहमन्त्री बन्न दौडधुप गरिरहेका छन् । जबकी उनी टेलिभिजनमा काम गर्दा गैरसांसद मन्त्री हुँदा तिव्र आलोचना गर्थे।

अर्कोतर्फ नागरिकता प्रकरणको आदेशको पूर्णपाठ पनि आइसकेको छैन। यसैगरी निष्क्रिय नागरिकता प्रयोग गरी दोहोरो राहदानी लिएको विषय अझै बाँकी छ । तर, पनि उनले मन्त्री मन्ने हठ अझै छोडेका छैनन्। वरु बालकोट धारएर प्रधानमन्त्री पुष्पकमल दाहालमाथि दवाव वढाउने प्रयास गरिरहेका छन् । 
 

रवि लामिछाने सरकारी क्वाटर

विशेष