News

९ केजी सुन बोकेर किन नेपाल आए यि क्यानडेली नागरिक ?

९ केजी सुन बोकेर किन नेपाल आए यि क्यानडेली नागरिक ?

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले वुधवार ९ केजी सुनसहित युएई मूलका क्यानडेली नागरिक मोहमद कमल मोहगोबलाई पक्राउ गरेको छ।

दुबईबाट जहाजमा आएका मोहगोबलाई बुधबार राति पक्राउ गरिएको हो। उनको साथबाट ९ केजी १३५ ग्राम अवैध सुन बरामद भएको विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेले बताए ।

पाण्डेका अनुसार ती क्यानेडियन नागरिकले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट आकारका १ केजीभन्दा बढी मात्राको सुन ल्याएका थिए । उनको साथबाट बरामद गरिएको नीलो आवरणमा रहेको वस्तु पनि परीक्षण गर्दा सुन भएको पाइएको उनले बताए ।

स्रोतका अनुसार सुन तस्करले भारत लैजाने प्रयोजनका लागि नेपाललाई ट्रान्जिट बनाइँदै आएका छन् । गत महिना १९ केजी सुनसहित दुई सुडानी नागरिक पक्राउ परेका थिए । बुधबार राति बरामद गरिएको सुन पनि त्यसैको निरन्तरता हुन सक्ने अनुसन्धानमा खटिएका अधिकारीले बताएका छन् । 
 

विशेष