News खेल

एम्बाप्पेको खराव प्रदर्शनकाबीच फ्रेन्च लिग वान फुटबलमा पीएसजी विजयी

एम्बाप्पेको खराव प्रदर्शनकाबीच फ्रेन्च लिग वान फुटबलमा पीएसजी विजयी

केलियन एम्बाप्पेको खराव प्रदर्शनकाबीच फ्रेन्च लिग वान फुटबलअन्तर्गत गएराति भएको खेलमा पीएसजी विजयी भएको छ। पीएसजीले मोन्टपेलियरमाथि ३–१ गोलले हरायो।

उक्त खेलमा एम्बाप्पेले दुईपल्ट पेनाल्टीमार्फत गोल गर्ने मौका चुकाएका थिए। खेलको दशौँ मिनेटमै पीएसजीले पेनाल्टीको अवसर पाएको थियो । तर एमबाप्पेले हानेको पहिलो प्रहार असफल भयो। उनको पेनाल्टी मोन्टपेलियरका गोलकिपर बेन्जामिन लेकोम्टेले असफल पारे ।

रेफ्रीको निर्णयअनुसार, फेरि पेनाल्टी हान्न एम्बाप्पेले पाएको दोस्रो अवसर पनि गुम्यो। दोस्रो प्रहार पोस्टमा लागेर फर्कियो । चोटका कारण उनी खेलको २१औँ मिनेटमा मैदानबाट निस्केका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफपछि पीएसजीले तीन गोल ग¥यो ।

५५ औँ मिनेटमा फाबियन रुइज र ७२ औँ मिनेटमा लियोनल मेस्सीले गोल गरे तर ८९ औँ मिनेटमा मोन्टपेलियरका नोर्डीनले गोल गर्दै खेललाई २–१ को नतिजामा फर्काए । खेलको इन्जुरी समयमा वारेन इम्रीको गोलबाट पीएसजी ३–१ को स्थितिमा पुग्यो ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको पीएसजीले २१ खेलमा ५१ अंक बनाएको छ । २० अंक जोडेको मोन्टपेलियर १४ औँ स्थानमा छ । 
 

विशेष