News खेल

सेभियाका गोलकिपरलाई समर्थककले नै रामधुलाई गरेपछि...

सेभियाका गोलकिपरलाई समर्थककले नै रामधुलाई गरेपछि...

सेभियाका गोलकिपर मराको डिमिट्रोभिच आफनो समर्थकको आक्रमणमा परेका छन्। युरोपा लिग नकआउट प्लेअफ अन्तर्गत सेभिया र पीएसभी आइन्डहोभन बीचको दोस्रो लेग खेलमा उनीमाथि आक्रमण भएको हो।

३१ वर्षीय डिमिट्रोभिचलाई एक प्रशंसकले मैदानमा पुगेर नै पन्च हानेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।सर्बियाली किपरले कुस्ती नै लड्नुपरेको थियो । खेलको अन्तिम चरणमा भएको घटनापछि आक्रमणकारीलाई अन्ततः स्टेवार्डहरुले नियन्त्रण लिएका थिए ।

सर्बियन अन्तर्राष्ट्रिय खेलाडी डिमिट्रोभिचले फुटबलमा यस्तो घटना राम्रो नभएको बताएका छन् । उनले भनेका छन्, ‘फुटबलमा यो देख्नु कहिल्यै राम्रो हुँदैन । यो हुनु हुन्थेन र अबदेखि, म आशा गर्दछु कि यिनीहरूलाई राम्रो सजाय हुनेछ । उनले पछाडिमबाट आएर मलाई धकेले । उनी सायद नतिजालाई लिएर रिसाएका थिए । उनले मलाई हिर्काउन खोजे । मैले उनलाई समात्न सफल भएँ र सेक्युरिटी आइपुग्दासम्म पर्खिएँ ।’

सेभियाका प्रशिक्षक जर्ज साम्पाओलीले यो अविश्वसनीय रूपमा दुःखको कुरा भएको बताए । उनले आफूलाई चिन्ता लागेको भन्दै यस्ता प्रकारको घटना रोक्न आवश्यक रहेको बताए ।

पीएसभीले घरेलु मैदानमा भएको दोस्रो लेग २–० ले जिते पनि समग्रमा सेभियासँग ३–२ ले पराजित हुँदै बाहिरियो । पहिलो लेगमा सेभिया ३–० ले विजयी भएको थियो । दोस्रो लेगमा दुई गोल फर्काएपनि पीएसभी संकतमा परेको हो। 
 

विशेष