News राजनीति

चुनावअघिको पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी

चुनावअघिको पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी

चुनावअघिको पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दलको बैठक चलिरहेको छ ।

बैठकमाम कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी छन् भने माओवादीबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी छन् । राष्ट्रपतिको निर्वाचन र पुरानो गठबन्धन ब्युताउने विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।

गठबन्धनमा राष्ट्रपति माधव नेपाललाई बनाएर उपराष्ट्रपति जसपालाई दिने तयारी भईरहेको एक नेताले वताए । प्रतिनिधिसभा निर्वाचनअघिसम्म कायम रहेको कांग्रेस नेतृत्वको गठबन्धन उम्मेदवारी भागबन्डामा असन्तुष्ट बनेपछि जसपाले तत्कालीन पाँचदलीय गठबन्धन छाडेको थियो । त्यसपछि लोकतान्त्रिक समाजवादी पार्टी उक्त गठबन्धनमा मिसिएको थियो ।

माओवादी भने कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा अडान नछाडेपछि गत पुस १० मा गठबन्धन छाडेर एमालेसँग गठबन्धन गर्न पुगेको थियो। यो सत्ता समीकरण राष्ट्रपति निर्वाचनका कारण भत्किने अवस्थामा पुगेको छ ।

यो पनि,
यसरी हुँदैछ पाँच दलिय गठवन्धन ब्युँताउने कसरत

गठबन्धन

विशेष