News

गल्फ फुड एक्स्पोमा राजदुतले लञ्च गरे एसियन थाइ फुडसको ‘नेपालटाना’

गल्फ फुड एक्स्पोमा राजदुतले लञ्च गरे एसियन थाइ फुडसको ‘नेपालटाना’

युएई (संयुक्त अरब इमिरेट्स) मा भइरहेको ‘गल्फ फुड एक्स्पो–२०२३’ मा एसियन थाई फुड्सले उत्पादन गरेको नौलो खाद्यसामग्री ‘नेपालीटाना पास्ता नुडल्स’ लन्च गरिएको छ । युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले यसलाई लन्च गरेका हुन् ।

‘नेपालटाना’ पास्ता र नुडल्सको मिश्रित स्वरूप हो। उनका अनुसार थाई फुड्सका उत्पादनलाई बेलायत, अस्ट्रेलिया र मध्यपूर्वका अवलोकनकर्ताले मन पराएका छन। नेपालका उत्पादन भनेपछि उनीहरूले विशेष आकर्षण, चाख र चासो राखेर हेरिरहेका छन् । 

उद्योगी महेश जाजूका अनुसार एक साताभित्र नेपालमा यसको बजारीकरण तिव्र पारिने छ। नेपाली उत्पादनलाई एक्सपोको स्टलसम्म पुर्याउन एशियन थाइ फुड्सले ४० लाखभन्दा बढी खर्च गरेको जनाईएको छ ।  

नेपालका उत्पादन पनि अन्तर्राष्ट्रिय स्तरका छन् । तर तिनलाई बजारीकरणको खाँचो रहेको जाजूले वताए। 

गल्फ फुड एक्स्पोमा नेपालटानाका साथै तीन उद्योग सहभागी छन्। एक्स्पोमा रमपम र टुपिएम चाउचाउको उत्पादक एसियन थाई फुड्स, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी र गुडलाइफ बेभरेज गरी तीन उद्योगले आ–आफ्ना स्टल राखेर सहभागी भएका हुन् ।
 

विशेष