News विचित्र विश्व समाज

८४ वर्षिय कुलानन्द र ६४ वर्षिया नारायणीले कसे लगन गाँठो

८४ वर्षिय कुलानन्द र ६४ वर्षिया नारायणीले कसे लगन गाँठो

गुल्मीका ८४ वर्षिय वृद्ध कुलानन्द खनाल र अर्घाखाँचीकी ६४ वर्षिया नारायणी पौडेलले विवाह गरेका छन् ।

डेढ दशकदेखि एक्लिएका धुर्कोट–२ सुफलका खनालले छोराछोरी भए पनि आफूलाई बुढेसकालमा एक्लै बस्नुपर्दा दुःख भएकाले विवाह गर्नुपरेको बताएका छन्। छोरानाति छुट्टिएपछि उनी एक्लै वसोवास गर्दै आएका छन् ।

पकाउन–खान र बिरामी पर्दा उपचारमा जान समस्या परेकाले साथी खोज्नुपरेको उनले बताए । कुलानन्दसँग विवाह गरेकी नारायणी पनि श्रीमान् बितेपछि एक्लै थिइन । उनका पनि तीन छोरा, दुई छोरी छन्। तर, उनीहरुले सहारा नदिदा दुःख पाएकाले विवाह गरेको वताईन।

खनाल र पौडेल दुवैका छोरीको विवाह नेपालगन्जमा भएको छ । छोरी भेट्न गएका बेला संयोगले उनीहरुको भेट भएको थियो। दुःख साटासाट गर्ने क्रममा विवाहका लागि मञ्जुर भएको कुलानन्दले बताए । 

वृद्धावस्थाको विवाहले जोडी बन्दा दिनचर्या सहज भएको नारायणीले सुनाइन । तीन छोरालाई अंशबन्डा गरिदिएर आफूसँग बचेको जिउनीबाट खुसीसाथ बाँच्ने कुलानन्दले बताए ।

विवाह

विशेष