News अपराध सुरक्षा

खुकुरीले श्रीमतीलाई छप्काएपछि फोन गरेर यी युवक आफैले बोलाए प्रहरी

खुकुरीले श्रीमतीलाई छप्काएपछि फोन गरेर यी युवक आफैले बोलाए प्रहरी

उदयपुरमा एक युवकले सँगै घाँस काट्न गएकी श्रीमतीलाई खुकुरीले हानेर हत्या गरेपछि आफै फोन गरेर प्रहरीलाई जानकारी दिएका छन् । 

प्रहरीले बेलका नगरपालिका–९ भचुवा की २० वर्षीया श्रीमती युनिशा खत्री पौडेलको हत्या गरेको अभियोगमा श्रीमान २७ वर्षीय बिनोद पौडेललाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार घट्ना बिहीबार दिउँसो भएको हो।

सोही नगरपालिका–६ स्थित जाल्पा वाबुङ्ला रमिते सामुदायिक वनमा सँगै घाँस काट्न गएको बेला विनोदले खुकुरी प्रहार गरी आफैँले श्रीमतीको हत्या गरेको जानकारी गराएको प्रहरीले जनाएको छ। त्यसपछि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 
 

विशेष