बालेन्द्र साहको निस्कर्षः यो देश कहिलै बन्दैन
![बालेन्द्र साहको निस्कर्षः यो देश कहिलै बन्दैन](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/12/balendra-sah.jpg)
‘देश वनाउने योजना म सँग छ’ भन्दै चुनाव लडेका काठमाण्डौंका मेयर बालेन्द्र साह अन्ततः ‘यो देश कहिलै बन्दैन’ भन्ने निस्कर्षमा पुगेका छन् ।
शनिवार दिउँसो मेयर साहले फेसवुकमा आफूलाई राजीनामा गराउन खोजेको बताउँदै देश कहिलै नवन्ने प्रतिक्रिया दिएका हुन।
‘मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्, यो देश कहिले पनि बन्दैन’ उनले लेखेका छन् ।
बालेन्द्रले यस विषयमा थप खुलाएका छैनन् ।