News

राष्ट्रपति निर्वाचनमा एक्लेै परेपछि ओलीले माधव नेपालाई लेखे पत्र

राष्ट्रपति निर्वाचनमा एक्लेै परेपछि ओलीले माधव नेपालाई लेखे पत्र

राष्ट्रपति निर्वाचनलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको छ।

पार्टी विभाजनपछि नेकपा एसलाई पार्टी नै नमान्ने र स्विकार्नै नसक्ने अवस्थामा रहेका ओली राष्ट्रपति निर्वाचनमा एक्लै परेपछि नेपालाई फकाउने अवस्थामा पुगेका हुन।

नेता सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएलगत्तै एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई औपचारिक पत्र पठाएका हुन्। 

राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै एमालेले १० पुसको सहमतिलाई पनि आधार बनाएको छ। पुस १० गतेको सहमतिमा एकीकृत समाजवादी सहभागी थिएन।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भन्दै सम्बोधन गरी पत्र पठाएका छन्। 

शुक्रवार ८ दलिय गठबन्धनको वैठक वस्नु पुर्व ओली र नेपाल बीच करिव आधा घण्टा वार्ता भएको थियो। त्यस अघि पनि उनीहरु विच गोप्य भेटवार्ता हुँदै आएको छ।

विशेष