News खेल

दुई खेलाडीको शतकीय बिस्फोटकसँगै कुवेतलाई नेपालको ३४४ रनको लक्ष्य

दुई खेलाडीको शतकीय बिस्फोटकसँगै कुवेतलाई नेपालको ३४४ रनको लक्ष्य

यु–१९ आईसीसी विश्वकपको एसिया छनोटमा नेपालले कुवेत समक्ष ३ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ । युएईको मलेक क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४३ रन जोड्यो।

नेपालका लागि अर्जुन कुमाल र देब खनालले सानदार शतकीय पारी खेले। खनालले सर्वाधिक १ सय २५ रनको याोगदान गर्दा अर्जुन कुमालले १०८ रन जोडे। १ सय १७ बलको सामना गरेका खनालले ९ चौका र ३ छक्का प्रहार गरे। १ सय १२ बलको सामना गरेका कुमालले १२ चौका प्रहार गरे।

विशालबिक्रम केसीले २३ तथा दीपक प्रसाद डुम्रे २० रनमा अविजित रहे। बलिङतर्फ कुवेतका अर्श साहिल काजमी र हेनरी थोमसले समान २÷२ विकेट लिए । पहिलो खेलमा उत्कृष्ट जित हात पारेको नेपाल आज लगातार दोस्रो जितको लक्ष्यमा छ। कुवेतले जवाफी ब्याटिङ गर्नेछ।

जारी प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत छन्। सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगिता विजेताले सन् २०२४ मा श्रीलंकामा हुने १९ वर्ष मुनिको विश्वकप खेल्न पाउनेछ ।
 

विशेष