News

प्रधानमन्त्री छनौटमा ओली र दाहाललाई टाँसेको चाईनिज गम राष्ट्रपति छनौटमा उक्कियो

प्रधानमन्त्री छनौटमा ओली र दाहाललाई टाँसेको चाईनिज गम राष्ट्रपति छनौटमा उक्कियो

संघीय निर्वाचनपछि कम्युनिष्ट नेतालाई टाँस्न प्रयोग भएको चीनियाँ गम राष्ट्रपति निर्वाचन नसकिँदै उक्किएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन प्रयोग भएको गम एमालेको राष्ट्रपति बनाउने समयमा भने उक्किएको हो।

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका दलले राष्ट्रपतिमा नेपाली कांग्रेसलाई समर्थन गर्ने निर्णयसँगै १० पुसमा बनेको सत्ता गठबन्धन भत्किएको छ भने ८ दलको नयाँ गठबन्धन बनेको छ । 

संघीय निर्वाचनपछि नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवै नछोड्ने अडान लिएपछि कांग्रेस नेतृत्वको तत्कालिन ५ दलिय गठबन्धन तहसनहस भएको थियो। योसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमाले अध्यक्ष केपी शर्मा ओलीको कोटरीमा पुगे।

जानकारहरुका अनुसार नेकपा एमाले र माओवादीलाई मिलाउने काम छिमेकी राष्ट्र चीनले गर्यो। यतिमात्रै होईन, राजावादी राप्रपा, उग्रवादी रवि लामिछाने तथा पुर्व पृथक्तावादी सीके राउतसम्म चीनियाँ गठबन्धनमा सामेल भए। नेपालका कम्युनिष्टहरुलाई एक ठाउँमा मिलाउने र आफु अनुकुल देशको शासन सत्ता संचालन गर्ने चीनको चाहाना पुरा भयो।

चीनको यही चाहाना अनुसार केही समयअघि माओवादी र एमालेको एकिकरण पनि भयो। केपी ओली प्रधानमन्त्री भए। ओली प्रधानमन्त्री हुँदा ‘चिनियाँ रेल नेपालका लागि हिडिसकेको र १/२ दिनभित्रै काठमाण्डौं आईपुग्छ’ भने झै गरी, हो–हल्ला गरियो। यो सवै तमासा गरेर सबै परियोजना लियो र नेपाललाई ऋणको जालमा फसायो। त्यसवेला ओलीले गरेको फजुल खर्चको हिसावले नेपालले अहिले पनि संचित डलरबाट तिरिरहनु परेको वताईन्छ। सोही कारण डलरको अभावहुँदा रास्ट्र बैंकले आयात नै बन्द गर्नु परेको थियो। 

तर, त्यो एकिकरण लामो समय टिकेन। एक अर्कासँग छुट्टिन वाहानवाजी गरिरहेका एमाले र माओवादीलाई सर्वोच्च अदालतको फैसलाले पुर्ववत अवस्थामा पुर्याइ दियो।

माओवादी र एमाले छुट्टिएपछि चीन असफल भयो र विभिन्न राजनीतिक दलको गठबन्धन वनाएर शासन सत्तामा नेपाली कांग्रेस आगाडी आयो। निर्वाचनपछि कम्युनिष्टहरु झनै कमजोर भए। उनीहरुलाई गोलवन्द गर्ने योजना अनुसार नै चीनले एमाले नेतृत्वमा गठवन्धन वनायो र पुष्पकमल दाहाल प्रधानमन्त्री बने। दाहाल प्रधानमन्त्री हुँदा पनि चिनियाँहरु बधाई दिन मात्रै अगाडि भएनन्, रेलको लिक ओछ्याउन गैती, कोदालो र साबेल बोकेर आउन लागेको झै गरे।

तर, दाहाल लामो समयसम्म चीनको दवावमा वनेको एमाले नेतृत्वको गठवन्धनमा टिकिरहन सकेनन्। सरकार वनेदेखी नै ओली र दाहालमा वेमेलका संकेतहरु देखिदै थिए। अन्ततः राष्ट्रपति निर्वाचनसम्म आईपुग्दा दाहाल चीनको भरोसामा वस्न सकेनन्। नेकपा निर्माण ताकादेखी नै चीनको प्रयास असफल भएको वुझेका दाहाल अन्ततः लामो समय प्रधानमन्त्री बन्ने लालसामा पुनः कांग्रेसको गुटमा पुगेका छन्

‘चीनियाँ साथ, आज छ भोली छैन’ भन्ने वुझेका दाहालको छटपटिकै कारण शुक्रवार ८ दलिय गठबन्धन बनेको राजनीतिक विश्लेषकहरु वताउँछन् । शुक्रबार बिहान कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीको बैठक राखेका प्रधानमन्त्री दाहालले दिउँसो नेकपा एमालेका अध्यक्ष ओलीसँग पनि वार्ता गरेका थिए । साँझ ५ बजे सुरुमा बिहान बसेका चार दलको बैठक बस्ने र ६ बजे अरु चार दल थपिएर ८ दल हुने तय भएको थियो ।

तर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले अध्यक्ष ओलीलाई भेट्न गएका कारण ढिला आए । चार दलको बैठक बस्न सकेन र एकैपटक जनमत, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाका नेताहरु समेतको सहभागितामा ८ दलको बैठक सुरु भयो ।

बैठकको सुरुमा दाहालले संसदको सबभन्दा ठूलो दल कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्ने प्रस्ताव गरे । जबकि बिहान भएको छलफलमा एकीकृत समाजवादीले राष्ट्रपतिमा दाबी गरेको थियो भने जसपाका अध्यक्ष उपेन्द्र यादवसँगै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले समर्थन गरेका थिए । कांग्रेस नेताहरुले भने आफ्नो दलले राष्ट्रपति नपाउने हो भने कसरी सहमति होला भनेर अस्वीकार गरेको थियो ।

तर ८ दलको बैठकमा दाहालले कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव गर्नासाथ एकीकृत समाजवादीका अध्यक्ष नेपाल सहित अरु दलले पनि समर्थन गरे। गठबन्धनमा तीन नेता (प्रचण्ड, माधव नेपाल र देउवा) बीच प्रधानमन्त्रीमा आलोपालो गर्ने समझदारी भएको छ । ४ मंसिरको चुनाव मिलेर लडेका तीन नेताबीच २/२/१ वर्षको आलोपालो सरकारको नेतृत्व गर्ने भएको थियो । तर देउवा र दाहालमध्ये को पहिला प्रधानमन्त्री बन्ने भन्ने विवादका कारण गठबन्धन भत्किएको थियो।

स्रोतका अनुसार अहिले पनि दाहालले साढे २ वर्ष सरकार चलाउने समझदारी जस्तै छ । त्यसपछि माधव नेपालले १ वर्ष र अन्तिममा २ वर्ष देउवा प्रधानमन्त्री हुने समझदारी बनेको छ । यद्यपि नेताहरु औपचारिक रुपमा बोलेका छैनन् ।

नेताहरुका अनुसार जसपाले उपराष्ट्रपति र माओवादीले राष्ट्रिय सभा अध्यक्ष पाउने छन्। उपराष्ट्रपतिको चुनाव ३ चैतका लागि तय भएको छ भने राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाको कार्यकाल अर्को वर्ष फागुनमा सकिनेछ ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुख भने फेरिने छैन । एमालेका घिमिरे सभामुख र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा राना मगर उपसभामुख छन् । सभामुख÷उपसभामुखलाई हटाउन दुई तिहाइ चाहिन्छ, राप्रपा र एमाले एकठाउँमा उभिनासाथ ८ दलीय गठबन्धनसँग संसदको दुई तिहाइ हुने छैन ।

राष्ट्रपति गठवन्धन

विशेष