News

गोकुल बास्कोटा भन्छन्ः प्रचण्ड र छेपारोमा रङ फेर्ने प्रतियोगिता भए छेपारो हार्छ

गोकुल बास्कोटा भन्छन्ः प्रचण्ड र छेपारोमा रङ फेर्ने प्रतियोगिता भए छेपारो हार्छ

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल र छेपारोमा रङ फेर्ने प्रतियोगिता भए छेपारो हार्ने भन्दै ब्यंग्य गरेका छन् ।

नेकपा एमाले नेतृत्वको गठबन्धन छोडेर दाहाल कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल भएपछि प्रतिक्रिया दिदै बास्कोटाले यस्तो वताएका हुन। 

‘उहिल्यै भन्देको हो–छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हाछ’ उनले ट्वीटरमा लेखेका छन्–‘उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ। अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो। एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ। उत्साह र आशा दुबै थिएन, न त एमाले निराश हुनु पर्ने कारण छ।’

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको ८ दलको बैठकले नयाँ गठबन्धन वनाएको छ। बैठकले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि अहिलेको सत्ता गठबन्धन धरापमा परेको छ।

पुस १० गते बनेको सत्ता गठबन्धनमा रहेका नेकपा (एमाले), राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अरू सबै दल नयाँ गठबन्धनमा समावेश भएका छन्। 

गोकुल बास्कोटा

विशेष