News

राष्ट्रपति निर्वाचनपछि ओलीको समर्थनमा देउवा प्रधानमन्त्री, प्रचण्ड सडकमा !

राष्ट्रपति निर्वाचनपछि ओलीको समर्थनमा देउवा प्रधानमन्त्री, प्रचण्ड सडकमा !

नेपाली कांग्रेसको नेतृत्वमा शुक्रवार ८ दलीय मोर्चा बनेपछि नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले माओवादी अध्यक्ष पुष्पकमल दाहालप्रति पहिलो प्रतिक्रिया जनाए। उनले भने–‘हामीलाई सत्ताबाट हटाउने कांग्रेसको योजनामा प्रचण्ड फसे।’

वदलिँदो राजनीतिक परिस्थितीले ज्ञवालीको भनाईलाई बल पुर्याएको छ। प्रधानमन्त्री दाहाल एमाले गठबन्धनबाट वाहिरिएसँग अव राजनीतिको गोल नेपाली कांग्रेसको कोटमा पुगेको छ। नयाँ गठबन्धन बनेपछि एमाले स्वतः बाहिरिन्छ भन्ने मनोविज्ञानले दाहाललाई समस्यामा पर्ने उनको वुझाई छ।

अब काङ्ग्रेसलाई सत्तामा ल्याउनैपर्ने दबाबमा प्रधानमन्त्री परेको उनले बताए। ‘मूल कुरा अब गठबन्धनको नेतृत्व काङ्ग्रेसको हातमा गयो। वाम गठबन्धन औपचारिक रुपमा भत्कियो’– उनले भनेका छन्। ज्ञवालीका अनुसार एमालेलाई जबर्जस्ती हटाउने गरी बनेको गठबन्धनले ३२ सांसद भएको माओवादीलाई पनि सजिलो छैन।

कतिपय नेताहरुले अवको राजनीतिक परिस्थिती ज्ञवालीले भनेकै जस्तो हुनसक्ने बताएका छन् । उनीहरु भन्छन्–‘अव एमालेले आफ्नो तर्फबाट उम्मेद्वार घोषणा गर्नेछ र आफ्नो उम्मेदवारको पक्षमा मत माग्ने र जिताउने निर्णय गर्नेछ’ एक नेता भन्छन्–‘नयाँ गठबन्धन बनेको र त्यस्तो ओैपचारिक निर्णय कहि कतै नदेखिएकाले सरकार छोडिहाल्ने निर्णय भने गर्ने छैन।’

एमालेले यसैगरी राजनीतिलाई २५ गतेको राष्ट्रपति निर्वाचनसम्म तानेर लैजाने र राष्ट्रपतिमा पराजित भए ‘माओवादीले पुस १० को समझदारी तोडेको’ भन्दै सरकार छोडने नेताहरु वताउँछन्। काँग्रेसले राष्ट्रपति जितिसकेको अवस्थामा उसको हात माथि पर्ने र नयाँ भनिएको गठबन्धनमा रस्साकस्सी शुरू हुने उनीहरु वताउँछन्।

‘त्यसपछि प्रधानमन्त्री दाहालले विश्वासको मत माग्दा एमालेले कांग्रेसलाई आफनो पक्षमा पार्न प्रयास गर्नेछ’ एक नेता भन्छन्–‘बहुमत नपुगेर ७६(३) अनुसारको सरकार बन्दा समर्थन गर्ने भनेपछि काँग्रेस एमालेको पक्षमा आउने र दाहाल प्रधानमन्त्रीबाट पछारिने अवस्था प्रवल छ।’

काँग्रेसले पनि लफडा देखाएर दाहाललाई भोट नहाल्ने वातावरण बन्यो भने राष्ट्रपति निर्वाचन लगत्तै देउवा नेतृत्वमा सरकार गठन हुने सम्भावना रहेको जानकारहरु वताउँछन् । गठवन्धनमा धोका दिएको झोंकमा एमाले अध्यक्ष ओलीले देउवासँग मिलेर दाहाललाई सडकडमा पुर्याउन सक्ने उनीहरुको अनुमान छ।

राष्ट्रपति

विशेष