News

एमालेबाट नेम्वाङ र कांग्रेसबाट पौडेल राष्ट्रपतिको उम्मेदवार

एमालेबाट नेम्वाङ र कांग्रेसबाट पौडेल राष्ट्रपतिको उम्मेदवार

नेकपा एमाले र नेपाली कांग्रेस दुवैले राष्ट्रपतिको उम्मेदवार टुङ्गो लगाएका छन्। एमालेले सुवास नेम्वाङ र कांग्रेसले रामचन्द्र पौडेललाई उम्मेदवार वनाउने निर्णय गरेका छन् ।

शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । एमाले सचिव योगेश भट्टराईले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए ।

पूर्वसभामुख नेम्वाङ एमाले उपाध्यक्ष एवम् इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

यता, कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिवार बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नयाँ सहमति अनुसार कांग्रेस–माओवादीसहित ८ दलीय गठबन्धनबाट पौडेल साझा उम्मेदवार हुनेछन्। राष्ट्रपतिको निर्वाचनका लागि आजै मनोनयन दर्ताको कार्यसूची छ । मतदान यही फागुन २५ गते हुँदैछ । 
 

राष्ट्रपति

विशेष