News

पिकनिकमा ढलेकी जसपा सांसद शहनाज रहमानको निधन

पिकनिकमा ढलेकी जसपा सांसद शहनाज रहमानको निधन

जनता समाजवादी पार्टीकी सांसद शहनाज रहमानको निधन भएको छ । शनिबार भक्तपुरको घ्याम्पेडाँडामा पिकनिक गएका बेला एक्कासि ढलेकी सांसद रहमानको उपचारका क्रममा मृत्यु भएको हो।

हृदयघातका कारण ढलेकी शहनाजलाई उपचारका लागि मध्यपुर अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको जसपाका प्रवक्ता मनीष सुमनले जानकारी दिए । पिकनिकमा एक्कासि ढलेपछि तत्काल अस्पताल पु¥याइए पनि उनलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।

समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ६३ वर्षिया रहमान झापाकी स्थायी बासिन्दा हुन। मुस्लिम समुदायको प्रतिनिधित्व गर्दै उनी सांसद बनेकी थिइन् । रहमान जसपाकी केन्द्रीय सदस्यसमेत थिइन् । 
 

शहनाज रहमान

विशेष