News

प्रचण्डले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई भोट हाल्ने ओलीको दावी

प्रचण्डले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई भोट हाल्ने ओलीको दावी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गतेको सम्झौताअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सहयोग गर्ने दाबी गरेका छन् । 

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले आफूलाई अफ्ठ्यारो परेको र दबाब आएको कुरा गरेको भनिरहे पनि पुस १० को सम्झौताअनुसार नै एमाले उम्मेदवारलाई सघाउनेमा विश्वस्त रहेको बताए ।

‘प्रचण्डजीले अलिकति के अफ्ठ्यारो प¥यो मलाई के–के प¥यो दबाब प¥यो भनिरहनुभएको छ । तर उहाँले सम्झौताअनुसार नै हामीलाई भोट हाल्नुहुन्छ भन्ने लगभग यकिन छ’ ओलीले भने–‘कहाँ ८ दलको समर्थन थियो, ८ दललाई बोलाएको थियो। चिया खान बोलाए जति सबै भोट हुन्छ।’

नेकपा एमालेले पूर्वसभामुख एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । त्यस्तै कांग्रेसले रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने भएको छ । 
 

विशेष