News विदेश

हङकङकी चर्चित मोडल एब्बी चोईको पूर्वपतिले गरे हत्या

हङकङकी चर्चित मोडल एब्बी चोईको पूर्वपतिले गरे हत्या

हङकङकी चर्चित मोडल एब्बी चोईको हत्या आरोपमा प्रहरीले उनकै पूर्वपतिलाई गिरफ्तार गरेको छ । २८ वर्षिया एब्बीको शव प्रहरीले टुक्रा–टुक्रा पारिएको अवस्थामा भेटेको थियो। शवका केही टुक्रा अझै खोजी भइरहेको छ ।

चोई गत बुधबारदेखि नै हराएकी थिइन् । दुई दिनपछि शुक्रबार उनको शवको टुक्रा–टुक्रा अवस्थामा भेटिएको थियो । शनिबार लान्ताऊ द्वीपको तुङ चुङस्थिट घाटहुँदै भाग्ने तयारी गरिरहेका बेला चोईका पूर्वपतिलाई गिरफ्तार गरी हिरासतमा लिइएको स्थानीय प्रहरीले जनाएको छ।

प्रहरीले पूर्वपति, उनका भाइ र आमाबुवालाई शुक्रबार नै गिरफ्तार गरेको थियो । सोधपुछका लागि उनीहरूलाई अझै राखिएको छ । चोईको शरीरका बाँकी टुक्रा खोजी भइरहेको स्थानीय प्रहरीले जनाएको छ । 

चोई अन्तर्राष्ट्रियस्तरमै चिनिएकी मोडल थिइन् । गत महिना उनले पेरिसमा भएको एली साब स्प्रिङ समर २०२३ मा हाउते काउचर शोमा फोटो खिचाएकी थिइन् । उनी हालै मात्र एल अफिसियल मोनाको म्यागजिनका लागि डिजिटल कभर मोडलका रूपमा पनि देखाइएकी थिइन् ।

यसै साल उनले पेरिस फेसन शोमा भाग लिएकी थिइन् । चोइ सोसल मिडिया इन्फ्लुएन्सरका रूपमा समेत चर्चित थिइन् । उनको इन्स्टाग्राम अकाउन्टमा लाखौँ फलोअर्स छन् । 
 

विशेष