News

प्रचण्डले रोके एमाले मन्त्रीको जेनेभा भ्रमण

प्रचण्डले रोके एमाले मन्त्रीको जेनेभा भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका छन्।

संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिनका लागि आज आइतबार परराष्ट्रमन्त्री स्वीट्जरल्याण्ड जाने तयारीमा थिइन् ।

उनले विहानैदेखी भ्रमणको तयारी समेत गरेकी थिईन। तर, प्रधानमन्त्रीले नजानु भन्ने खबर पठाएपछि नजाने भएको उनले वताईन।

आठ दलको नयाँ गठबन्धन बनेपछि एमालेबाट मन्त्री बनेकी पौड्याललाई प्रधानमन्त्री दाहालले भ्रमणमा रोक लगाएका हुन् । परराष्ट्रमन्त्री पौड्याल नेपाली टोलीको नेतृत्व गर्दै जान लागेकी थिइन् । उक्त नियमित सत्र फागुन १५ देखि चैत १३ सम्म चल्नेछ । नेपाल अहिले मानवअधिकार सुरक्षा परिषद्को सदस्य पनि हो ।

मन्त्री पौड्याल नगएपछि अब मन्त्रालयबाट परराष्ट्रकै अधिकारीहरुले नेतृत्व गरेर जेनेभा जाने छन् । 
 

जेनेभा परराष्ट्र मन्त्री विमला राई पौड्याल

विशेष