के पूर्वराजा ज्ञानेन्द्रको निर्देशनमा राप्रपाले सरकार छोडेको हो ?
यसरी भिलेन बने दुर्गा !
२०७८ मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनमा कमल थापालाई पराजित गर्दै अध्यक्ष पदमा राजेन्द्र लिङ्देन विजयी भए। लिङ्देनले आफु निर्वाचित भएपछि राप्रपामा अब कुनै गुट नरहेको टिप्पणी गरे।
कमल थापाले लिङ्देनलाई बधाइ समेत दिए। तर उनले पराजित भएको आक्रोश राजसंस्था माथि पोखे। ‘मुलुक गणतन्त्रमय हुँदा शिरमा कात्रो बाँधेर राजसंस्था बोकेर हिँडेको पुरस्कार पाएको’ भन्दै उनको अभिब्यक्ति चर्चामा आयो।
महाधिवेशन अघि नै थापाले आफूलाई दरबारले समर्थन नगरेको अभिव्यक्ति दिएका थिए। पार्टीको महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्रले खेलेको आरोप लगाए कमल थापाले।
लिङ्गदेन अध्यक्ष भएपछि राप्रपाको राम्रै माहोल बनाए। केही समयअघि भएको प्रतिनिधि सभाको निर्वाचमा राप्रपाले १४ सिट जित्यो। यो सबै भोट राजावादी र हिन्दुवादीको हो। यतीधेरै सफलता पाए पनि पूर्वराजा ज्ञानेन्द्रले राप्रपालाई खासै सहयोग गरेनन।
कमल थापाले नै आरोप लगाएका थिए –‘ज्ञानेन्द्रको व्यापारिक कम्पनीले राप्रपाभन्दा बढी कांग्रेस, एमाले र मावोवादीलाई नै चुनाबमा आर्थिक सहयोग गर्छन।’ समय क्रममा राजेन्द्र लिङ्गदेनले पनि पर्याप्त सहयोग नपाएको अनुभूति गरे।
सहयोग नपाएको झोकमा राजेन्द्र लिङ्गदेन पनि कमल थापा पथ मा गए। यही कारण ज्ञानेन्द्रको चाहना विपरित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा राप्रपा पनि सहभागी भयो।
राजेन्द्र लिङ्गदेनमाथि सरकारमा जान पार्टी भित्रका अवसरवादीहरुको तिव्र दबाब थियो। सरकारमा जाने र विक्रम पाण्डेलाई जसरी पनि मन्त्री वनाउनै पर्ने दवावमा लिङदेन पुगे। अरुको पनि मन्त्री बन्ने ईच्छा थियो।
जानकारहरुका अनुसार सरकारमा जाने विषयमा ज्ञानेन्द्रको स्पस्ट असहमति थियो। त्यसैले पुर्वराजपरिवार र राप्रपाबीच असमझदारी वढ्न थाल्यो। यसै बिचमा दुर्गा प्रसाईसँग ज्ञानेन्द्रको भेट हुन् थाल्यो। ज्ञानेन्द्र र राजेन्द्रको असमझदारी वुझेका प्रसाईले ज्ञानेन्द्रलाई फकाउन थाले।
त्यसको प्रष्ट नतिजा दुर्गा प्रसाईको झापाको कार्यक्रममा देखियो। ज्ञानेन्द्रको परिवारै उपस्थित गराएर उनले अभियान सुरु गरे। ज्ञानेन्द्रसंग एउटै मञ्च शेयर गर्ने हैसियत बनाएका दुर्गा प्रसाई राजेन्द्र लिङदेनमाथि खनिन थाले।
राप्रपाका कतिपय नेताहरु ज्ञानेन्द्र र दुर्गाको सहकार्यले राजेन्द्र लिङदेनलाई समस्यामा पारेको वताउँछन्। राजावादी र हिन्दुवादीकै भोटका कारण अहिलेको स्थितीमा रहेको राप्रपालाई पूर्वराजाको कृपा पनि रहेकाले लिङदेन डराएको उनिहरुको वुझाई छ। सरकारमा बसिरहे अर्को कमल थापा भईने डरले राजेन्द्र लिङदेन सरकारबाट वाहिरिने निर्णयमा पुगेको नेताहरुको भनाई छ।
सवैतिरबाट पार्टीको छविमा असर पर्ने अवस्था देखेपछि लिङदेनले रास्ट्रपति निर्वाचानलाई बहाना बनाएर सरकार छोडेको पार्टीकै कतिपय नेताको वुझाई छ। रास्ट्रपति निर्वाचन र राप्रपाले सरकार छोड्नुमा कुनै सम्वन्धनै नभएको उनीहरुको वुझाई छ।
ज्ञानेन्द्र शाह राजेन्द्र लिङ्देन दुर्गा प्रसाई