साउदीमा रोनाल्डोको दोस्रो ह्याट्रिक, ६ खेलमा ८ गोल
![साउदीमा रोनाल्डोको दोस्रो ह्याट्रिक, ६ खेलमा ८ गोल](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/02/ronaldo-9415f.jpg)
शनिवार राति भएको साउदी प्रो लिगमा दमाक एफसीलाई ३–० ले हराउँदै अल नासर एफसीले विजयी भएको छ। क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा अल नासरले जित निकालेको हो।
रोनाल्डोले १८औँ मिनेटमा पेनाल्टी मार्फत पहिलो र त्यसको पाँच मिनेट बित्न नपाउँदै अर्को गोल गरेर पाहुना टोली अल नासरले अग्रता लिएको थियो । ४४औँ मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गरेका थिए ।
जितपछि १८ खेलबाट ४३ अंक जोडेको अल नासर शीर्ष स्थानमा छ । त्यो दोस्रो स्थानको अल इत्तिहादभन्दा दुई अंकले माथि हो । पराजित दमाक एफसी २२ अंकका साथ सातौँ स्थानमा छ ।
गएको जनवरीमा साउदी क्लबसँग अनुबन्ध भएका रोनाल्डोको यो अल नासरबाट दोस्रो ह्याट्रिक हो । उनले यसअघि अल वाहदविरुद्ध पनि ह्याट्रिक गरेका थिए । रोनाल्डोले अल नासरबाट ६ खेलमा ८ गोल गरिसकेका छन् ।
क्रिस्टियानो रोनाल्डो