News

भारतबाट आएको ८० हजार लिटर डिजेलमा कस्ले मिलायो मट्टितेल ?

भारतबाट आएको ८० हजार लिटर डिजेलमा कस्ले मिलायो मट्टितेल ?

भारतबाट नेपालमा आएको ८० हजार लिटर डिजेलमा मट्टितेल मिसाएको पुष्टि भएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) को सिलगुडी डिपोबाट नेपाल स्थित नेपाल आयल निगमको चारआली डिपोमा आएको ४ वटा ट्यांकरको डिजलमा मिसावट पाइएको हो ।

निगमको चारआली शाखा कार्यालयले डिजेलमा मिसावट भएको शंका लागेपछि केन्द्रीय कार्यालय टेकुलाई जानकारी दिएको थियो । शंका गरिएका ती ४ वटा ट्यांकरको डिजेल परीक्षण गर्दा मिसावट भेटिएको छ ।

अहिले झापाको चारआली शाखामा रहेको ४ वटा ट्यांकरको डिजेलको अनुसन्धान भएको र ८० हजार लिटर डिजेलमा मिसावट भेटिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले वताए। छानबिन समितिले मिसावटको विषयमा प्रतिवेदन पेस गरेपछि निगमले कारबाही अगाडि वढाउने उनले वताए ।

नेपालमा मटीतेल र डिजेलको मूल्य बराबर छ। तर, भारतमा भने कोटामा पाइने मटीतेल प्रतिलिटर ३० देखि ५० रूपैयाँ सस्तो हुने गरेको छ । त्यसैले नेपालमा भन्दा पनि भारतमा नै डिजेलमा मिसावट भएको हुनसक्ने निगम बताउछ ।

निगमका अनुसार परीक्षणपछि ती ट्यांकरलाई कारबाही गरेर डिजेल बराबरको गुणस्तर बनाई हाल मिसावट भएको डिजेल बिक्री गरिने छ । 
 

विशेष