News अपराध सुरक्षा

किशोरीलाई बन्धक बनाई यौन दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

किशोरीलाई बन्धक बनाई यौन दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

किशोरीहरुलाई बन्धक बनाएर यौन दुर्ब्यवहार गरेको आरोपमा काठमाण्डौंबाट प्रहरीले एक चीनियाँ नागरिकलाई पक्राउ गरेको छ। चिनियाँ नागरिक याङ लि मिङलाई प्रहरीले पक्राउ गरेको हो।

उनले विभिन्न प्रलोभन देखाएर विभिन्न जिल्लाबाट ५ जना किशोरीलाई काठमाण्डौं ल्याई बन्धक बनाएको प्रहरीको आरोप छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक उत्तमराज सुवेदीका अनुसार प्रहरीले ५ जना किशोरीलाई उद्दार गरेको छ ।

तीमध्ये दुई जनालाई यौन दुर्व्यवहार गरेको आशंका गरिएको उनले बताए । ललितपुरको गोंगटीमा उनीहरुलाई राखेको पाइएको छ । एक जना किशोरीले परिवारसँग सम्पर्क गरेपछि ब्यूरोसम्म चिनियाँ नागरिकबारे कुरा पुगेको थियो ।

त्यसक्रममा तीन चिनियाँ नागरिकले विभिन्न प्रलोभन देखाएर किशोरीहरुलाई काठमाडौं बोलाएको पाइएको प्रहरीको भनाइ छ । ‘ललितपुरको घटना भएकाले त्यहीँबाट मुद्दा चलाउने गरी पठाएका छौं’, सुवेदीले भने, ‘थप अनुसन्धान ललितपुरबाटै भइरहेको छ ।’
 

विशेष