News

केपी ओली पाँच वर्ष प्रधानमन्त्री नहुने, यि हुन् ५ कारण !

केपी ओली पाँच वर्ष प्रधानमन्त्री नहुने, यि हुन् ५ कारण !

राष्ट्रपति निर्वाचनसम्म लिसो झै टाँसिएर वस्ने योजना बनाएको नेकपा एमालेले अन्ततः पुष्पकमल दाहाल नेतृत्वको सरकार छोड्ने निर्णय गरेको छ। सचिवालयको सोमबार बिहान बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

मानवअधिकार परिषद्को बैठकमा भाग लिन जेनेभा जान लागेकी परराष्ट्रमन्त्री विमला राई पौड्याललाई प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तिम अवस्थामा रोकेपछि एमाले विच्किएको हो।

एमालेले आफै सरकार छोडोस भन्ने चाहेका दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका लागि यो निर्णय ‘सुनमा सुगन्ध’ भने झै भएको छ। ‘प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीलाई विदेश नजानका लागि निर्देशन दिनुभयो। स्वेच्छाले सरकार छाड्ने वा विनाविभागीयमन्त्री बनाउने सम्मका कुरा गर्नुभएपछि हामी सरकारमा बसिराख्नु उचित देखिएन’ एमाले उपाध्यक्ष विष्णु पौडेलले भने ।

प्रधानमन्त्रीले एमालेका मन्त्रीलाई लज्जित वनाउन थालेपछि वसेको सचिवालय वैठकले सरकारबाट वाहिरिने निर्णय गरेको नेताहरुले वताएका छन् । एमाले अहिले अध्यक्ष केपी शर्मा ओलीको प्राईभेट कम्पनी जस्तै छ। ओलीले जे भन्छन्, सोही निर्णय बन्छ। त्यसैले यो निर्णय गर्न एमालेलाई खासै समस्या परेन।  

तर, पछिल्ला घट्ना क्रमले अव नेकपा एमाले आगामी ५ वर्षसम्म सरकारमा पुग्न नसक्ने सम्भावना धेरै देखिएको छ। जसका मुख्य ५ कारण छन्। ति मध्ये कतिपय कारण ओलीको ब्यक्तिगत स्वभाव, कतिपय कारण अन्तर्राष्ट्रिय रणनीति र कतिपय कारण देशको अवस्थामा भर पर्ने देखिएको छ।

१ चीनप्रति ओलीको लगाव
नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय चीन परस्त भएको वुझाई छ। यही कारण केही समयअघि माओवादी र एमालेको एकिकरण भएर नेकपा गठन भयो। त्यसपछि केपी ओली प्रधानमन्त्री भए। ओली प्रधानमन्त्री हुँदा चीनले सबै परियोजना लियो र नेपाललाई ऋणको जालमा फसायो। पोखरा विमानस्थल, भैरहवा विमानस्थल, चोभार सुख्खा बन्दरगाह, नागढुंगा सुरुङ मार्ग लगायतका योजना चीनको हातमा परे।

तर, यि योजनाबाट नेपाललाई हालसम्म कुनै प्रतिफल प्राप्त भएको छैन। वरु, भएको पुँजी पलायन भएर देश टाट पल्टिने अवस्थामा पुगेको छ। मिटरब्याजमा लिएको चीनको सावाँब्याज तिर्न हम्मे हम्मे परेको छ। 

तसर्थ फेरी पनि सरकारमा सामेल गराउँदा देशको अवस्था झनै खराव हुने आम वुझाईका कारण एमालेलाई तत्कालै सरकारमा पुग्न असहज छ। 

२ भ्रष्टाचार
चीनलाई योजना दिए वापत नेपालका अधिकांश कम्युनिष्ट नेताले कमिशन लिएको आरोप लाग्ने गरेको छ। जानकारहरुका अनुसार ऋण लिएर चीनियाँ ठेकेदार मार्फत सम्पन्न भएका अधिकांश परियोजनाको लागत अत्यन्त महंगो छ। जसमा चरम भ्रष्टाचार भएको बताईन्छ। यि परियोजनामा एमाले नेताहरु संलग्न भएको आरोप छ।

३ अन्तर्राष्ट्रिय समर्थन
ओलीसहित सिङ्गो पार्टी चीन परस्त भएको अन्तर्राष्ट्रिय वुझाईका कारण एमाले सरकारमा पुग्न कठिन छ। भारत, अमेरिका र ईयु ओलीको विपक्षमा देखिएका छन्। त्यसमाथि नेपालमा सि विचार धारा लागु गर्न चिनियाँ कम्युनिस्ट पार्टीसँग छलफल गराएको विषय झनै चर्चामा छ। त्यसैले भारत, अमेरिका लगायतका देशहरु नेपालमा जो सुकै भएपनि ओली र एमाले शासन सत्तामा नआउन भन्ने चाहान्छन्। तसर्थ अन्तर्राष्ट्रिय समर्थन नपाउँदा ओलीलाई सत्तामा पुग्न कठिन छ।

४ माधव र प्रचण्डले विश्वास गर्न नसक्नु
संघीय निर्वाचनअघिसम्म एकै ठाउँ रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अचानक गठवन्धन छोडेर पुस १० गते एमालेसँग सहकार्य गर्न ओली निवास वालकोट पुगे। ओलीको सहयोगमा प्रधानमन्त्री पनि वने। तर, दुई महिना नपुग्दै उनी ओलीको साथ छोडेर फेरी नेपाली कांग्रेसको साथमा पुगे।

नेकपा छँदादेखी नै ओली प्रवृत्तिसँग लड्दै आएका दाहाल पटक पटकको अविश्वास र धोकाधडीका कारण लामो समय एमाले नेतृत्वको गठबन्धनमा टिकिरहन सकेनन्। अर्कोतर्फ एमाले फुटाएर नयाँ पार्टी गठन गरेका माधवकुमार नेपालले पनि ओलीलाई साथ दिएनन। ओलीले राष्ट्रपति वन्न गरेको प्रश्तावलाई पनि उनले अस्विकार गरे। यसरी दाहाल र नेपाल दुवैले विश्वास गर्न नसक्ने अवस्था वन्नु पनि ओली पुनः सरकारमा जानका लागि बाधकमा रुपमा लिईन्छ।

५ ओलीको सन्की पाराले आर्थिक मन्दी
अर्थतन्त्रका जानकारहरु एमाले समर्थक गभर्नरले ओलीको आडमा अर्थतन्त्र तहसनहस वनाएको आरोप लगाउँछन्। बैंकको ब्याज चरम उत्कर्समा पुर्याएको र सर्वसाधारणलाई आत्महत्या गर्न वाध्य पारेको उनिहरुको आरोप छ। यति मात्र होईन, गलत धन्दाबाट आर्जित अरवौं रकम एमाले नेताहरुले बैंकिङ सिस्टम वाहिर राखेका कारण पनि देशमा तरता अभाव भएको वताईन्छ।
 

राष्ट्रपति नेकपा एमाले

विशेष