News

उपचार खर्च भन्दै झलनाथ खनालले फेरी लिए सरकारबाट २० लाख

उपचार खर्च भन्दै झलनाथ खनालले फेरी लिए सरकारबाट २० लाख

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारबाट फेरी २० लाख रुपैयाँ सहायता लिएका छन् ।

उपचारको लागि भन्दै सरकारले खनाललाई सहायता रकम दिएको हो । अर्थ मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को गत भदौ ३१ गतेको निर्णयबमोजिम खनललाई रकम निकासा गरिएको हो ।

पूर्वप्रधानमन्त्री खनाललाई दिईएको यो रकम पूर्वविशिष्ट व्यक्तिको हैसियतमा दिइँदै आएको सुविधाबाहेक हो । खनालसहित पूर्वप्रधानमन्त्रीहरूले सरकारबाट गाडी, इन्धन, चालक, सुरक्षाकर्मी, अगुवा÷पछुवा गाडीलगायत सुविधा लिँदै आएका छन ।

यसअघि खनालले उपचार गराउने नाममा सरकारबाट ८० लाख रुपैयाँ लिएका थिए । उनकै नाममा खोलिएको प्रतिष्ठानमार्फत सर्लाहीमा सर्प पाल्न सरकारले खनालको नाममा रहेको प्रतिष्ठानलाई मोटो रकम दिएकोमा विरोध भएको थियो ।

सरकारी ढुकुटीबाट नेता र आसेपासेलाई रकम बाँड्ने क्रम रोक्न २०७९ जेठ ३१ मा मन्त्रिपरिषद्ले नयाँ मापदण्ड जारी गरेपनि त्यसको ३ महिना बित्न नपाउँदै मन्त्री परिषदले खनाललाई यसरी रकम दिने निर्णय गरेको हो।
 

झलनाथ खनाल उपचार खर्च सर्प पाल्न

विशेष