News खेल

मेस्सी र एम्बाप्पेको उत्कृष्ठ प्रदर्शनमा पीएसजीको सानदार जित

मेस्सी र एम्बाप्पेको उत्कृष्ठ प्रदर्शनमा पीएसजीको सानदार जित

आइतबार राति भएको फ्रेन्च लिग १ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ। मुख्य दुई फरवार्ड केलियन एम्बाप्पे र लियोनल मेस्सीको किर्तिमानी प्रर्दशनमा पीएसजीले जित निकालेको हो।

खेलमा पीएसजीले मार्सेलाई ३–० गोल अन्तरले पराजित गरेको हो। पीएसजीको जितमा फ्रान्सेली फरवर्ड केलियन एम्बाप्पेले दुई तथा अर्जेन्टिनी स्टार लियोनल मेस्सीले एक गोल गरे। यो गोलसँगै मेस्सीले आफ्नो करियरको क्लब गोल ७ सय पुर्याएका छन्।

अर्जेन्टिनी कप्तान समेत रहेका मेस्सी क्रिस्टियानो रोनालडोपछि युरोपका शीर्ष पाँच लिगमा पुग्ने दोस्रो खेलाडी बनेका छन्। खेलको २५औं मिनेटमा मेस्सीको पासमा एमबाप्लेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। 

खेलको २९औं मिनेटमा मेस्सीले एमबाप्पेको पासमा गोल गर्दै अग्रता दोब्बर पारे। एम्बाप्पेले दुई गोल गर्दै पीएसजीकै एडिन्सन काभानीसँग २ सय गोलको संयुक्त किर्तिमान बनाएका छन्। खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा एक गोल थप्यो। 

खेलको ५५औं मिनेटमा मेस्सी कै पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर। यो जितसँगै शीर्षस्थानको पिएसजीको २५ खेलबाट ६० अंक बनाएको छ। 
 

विशेष